Close sidebar

अभिभावक र विद्यार्थीको रोजाई काठमाडौंको बिकल्पको रुपमा जीवनज्योती स्कुल हुनु पर्ने: प्रदेश सांसद नमुना

२०८० जेष्ठ ३२ गते, बिहीबार २०:५९

सरला सुवेदी✍️

बाँके / कोहलपुर नगरपालिका वडा नम्बर १० मा रहेको जीवनज्योती स्कुलले आज सरोकारवाला र अभिभावक  समितिका सदस्यहरुबीच अन्तरक्रिया कार्यक्रमसंगै नवनिर्मित भवनको शिलान्यास गरेको छ । जीवन ज्योती स्कुललाई लिएर बेलाबखत हुने गरेको टिप्पणीले आफुमा झन उर्जा थपिएको र अभिभावकहरुले नै माथिल्लो तह थप्न आग्रह गरेपछि भवन निर्माण गर्न लागिएको स्कुलका प्रिन्सिपल फादर जोमन जेम्सले बताउनुभयो । उनले स्कुलप्रति सरोकारवाला तथा अभिभावकहरुको केही खुलदुली भए मेटाउनका लागि र आफ्नो छुट्टै केही कुरा भए प्रत्येक्ष क्याथोलिक परिषद्का अध्यक्षसंग आफ्ना कुरा राख्न कार्यक्रम गरेको जानकारी दिए ।

अन्तरक्रिया कार्यक्रमा बोल्दै  लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले पछिल्लो समय शिक्षालाई व्यवसायको रुपमा हेर्ने गरेको र शिक्षालाई व्यावसायिकरण गरिएको प्रति गुनासो व्यक्त गर्नुभयो । उनले शिक्षालाई व्यावसायिकरण गर्दै गर्दा अभिभावकहरु निराश भएको अवस्थामा जीवनज्योती स्कुलले कोहलपुरको मात्रै नभएर समग्र बाँके जिल्ला भरिका अभिभावकहरुको मन जितेको बताइन् । कार्यक्रममा बोल्दै गर्दा उनले अबको शिक्षा व्यावहारिक सिपमुलक र प्रविधियुक्त  हुनु पर्ने बताए । उनले जीवनज्योती स्कुल यस्तो स्कुल बनोस जसले बाँके बर्दिया मात्र नभैइ समग्र कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका अभिभावकले छोराछोरी कहाँ पढाउने र छोराछोरीले कहाँ पढ्ने भन्ने रोजाईमा काठमाडौंको बिकल्पको रुपमा जीवनज्योती स्कुल पर्न सकोस् जसले गर्दा एसइईपछिको अध्ययनका लागि काठमाडौं धाउन नपरोस  भन्दै जीवनज्योती स्कुलले परम्परागत शिक्षा जस्तोकि फलानो राजाको बुवा यो उ भनेर पढाउने शिक्षा पद्धति भन्दा पनि आधुनिक र प्रविधिक शिक्षा जस्तै मोबाईल, ल्यापटप , औषधीहरु कसरी बन्छन भनेर जिज्ञासा राख्ने शिक्षा पद्दतिलाई जोड दिनुपर्ने बताउँदै माथिल्लो तहसम्मका कक्षा सन्चालन गरोस् भन्दै विद्यालयको गुणस्तर यहि अनुसार कायम रहि राखे यस स्कुललाई काठमाडौंको बिकल्पको रुपमा स्थापित गराउन आफुले सदनमा समेत कुरा राख्ने बताइन् ।

यस्तै कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकि उपप्रमुख संगीता सुवेदीले जीवनज्योती स्कुलले कोहलपुरमा जुन पहिचान बनाएको छ त्यसको प्रशन्सा गर्दै स्थानीय सरकारले गर्नु पर्ने सहयोगमा कहिँ कतै कमि नहुने बताउनुभयो । उनले कोहलपुर नगरपालिका पनि गुणस्तरीय शिक्षा अनि स्वास्थलाई नि विशेष प्राथमिकता दिएर काम गरिरहेको बताइन् । त्यस्तै नेपाल  क्याथोलिक परिषद्का अध्यक्ष बिसफ पल सिमिकले स्थानीयको साथ सहयोग र समर्थन बिना केही गर्न नसकिने बताए । उनले आफ्नो संस्थाले विशुद्ध शिक्षाको गुणस्तर बढाउने र असल विद्यार्थी उत्पादन गर्ने गरेको तर नि:स्वार्थ भावनाले काम गर्दा पनि जीवनज्योती स्कुललाई लिएर बेलाबखत हुने गरेका नकारात्मक टिकाटिप्पणी प्रति गुनासो समेत व्यक्त गरे ।

कोहलपुर नगर शिक्षा शाखा प्रमुख रामबहादुर हमालले T-shirts?hibubb. बानी अरुको प्रगतिको खेदो खन्ने र खुट्टा तान्ने भएको हुँदा अरुकोपछि नलाग्न जीवनज्योती स्कुल परिवारलाई आग्रह गरे । उनले शिक्षा सबैको लागि अपरिहार्य आवश्यकता भएको हुँदा उनले क्याथोलिक परिषद्का अध्यक्ष बिसफ पल सिमिकलाई जीवनज्योती स्कुललाई नमुना र उत्कृष्ट स्कुल बनाउन भौतिक पुर्वाधारको लागि लगानी लगाउनुस तपाईहरुको लगानी हामी डुब्न कदापी दिने छैन भनेर प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर थापाले जीवनज्योती स्कुलले प्रविधिक शिक्षा दिने बताउनुभयो । उनले जीवनज्योती स्कुललाई लिएर कोहलपुरमा बेलाबखत हुने गरेका होल्डिङ्ग सेन्टरको बारेमा टीकाटिप्पणीको कुनै तुक नभएको बताए । उनले  स्थानीयको माग अनुसार काम गर्ने मजदुरका साना-साना छोराछोरी हेर्ने अनि उनीहरुले केही सिकुन, खेलुन भन्ने उद्देश्यले बाल कक्षा सन्चालन गरेको समेत जिकिर गरे ।

स्कुलको गुणस्तर तथा बालबालिकाको पढाईप्रति अभिभावकको कुनै गुनासो नरहेको र अबका दिनमा पनि गुनासो पोख्ने ठाउँ नदिन पाठ्यक्रम बिषयबस्तु लगायत केही कुरा स्कुलले नि सुधार गर्नु पर्ने अब माथिल्लो तहमा हस्पिटालिटी म्यामेजमेन्ट, लिजर म्यानेजमेन्ट र ए लेबलको कार्यक्रम सन्चालन गर्न पहल गर्नुपर्ने, भविष्यमा क्याम्ब्रीज संगसंगै अक्सफोर्ड पनि यहि सन्चालन गर्नुपर्ने कुरामा  अभिभावक डिल्ली बिसी, हरि तिवारी, यादव राज खड्का, कुश्माखर बस्याल, सुबास गिरी लगायतले जोड दिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया