Close sidebar

९ ग्राम खैरो ब्राउन सुगरसहित महेन्द्र प्रहरी हिरासतमा

२०७९ माघ ६ गते, शुक्रबार ०२:१९

कहँकशा अन्जुम✍️

नेपालगन्ज / खैरो ब्राउन सुगरसहित एक युवक रङ्गेहात पक्राउ परेका छन । छिमेकी राष्ट्र भारतसंग सिमा जोडिएको नेपालगन्जस्थित जमुनाहा नाकाबाट दाङ घोराही उपमहानगरपालिका – १४ नयाँ बजार बस्ने १९ वर्षीय महेन्द्र बुढा मगर खैरो ब्राउन सुगरसहित रङ्गेहात पक्राउ परेका हुन ।

बिहिवार भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बुढा मगरलाई जमुनाहा चेक पोस्टमा चेकजाँचका क्रममा ९ ग्राम खैरो ब्राउन सुगरसहित फेला परेको ईलाका प्रहरी कार्यालय जमुनाहाका ईन्चार्ज वरिष्ठ सई पुर्ण बिकले जानकारी दिनुभयो ।

वरिष्ठ सई बिकका अनुसार जमुनाहबाट खटिएको प्रहरी टोली र लागु औषध नियन्त्रण ब्युरो नेपालगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले बुढा मगरमाथि शंका लागि चेकजाँच गर्दा पाईन्टको गोजीमा लुकाई छिपाई ल्याउँदै गरेको खैरो ब्राउन सुगर जस्तो देखिने धुलो पादार्थ शुद्ध तौल ९ ग्राम लागू औषध फेला परेको बताए ।

पक्राउ परेका बुढा मगरलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको बताइएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया