Close sidebar

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक हिरासतमुक्त

२०८२ चैत्र २६ गते, बिहीबार १२:१६

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले अस्पतालमै परिवारको जिम्मा लगाएर छाडेको छ ।

उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा रहेका ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) पवन भट्टराईले जानकारी दिए ।

जेन्जी आन्दोलन घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा ज्यानसम्बन्धी कसुरमा चैत १४ गते ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको थियो ।

तर, मुद्दा दायर गर्ने पर्याप्त आधार र प्रमाण नभएपछि छाडिएको हो । सर्वोच्च अदालतले उनीहरूविरूद्ध मुद्दा दायर गर्न वा २६ गतेसम्ममा छोड्न आदेश दिएको थियो ।

यसैगरी ओलीसँगै पक्राउ गरिएका पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि रिहा गरेको छ । हिरासतमा रहेका लेखकलाई स्वास्थ्य परीक्षणपश्चात छाडिएको एसपी भट्टराईले जानकारी दिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया