Close sidebar

तीन दिनका लागि जमुनाह सिमानाका बन्द हुने

२०८२ फाल्गुन १३ गते, बुधबार १४:४६

नेपालगन्ज । भारतसँग सिमा जोडिएको बाँकेका सम्पूर्ण सिमानाका तीन दिनका लागि पुर्ण रूपमा बन्द हुने भएको छ । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण सम्पन्न गराउन जमुनाह नाकासहित बाँकेका सम्पूर्ण सिमानाका पूर्ण रूपमा बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङले आज एक सूचना जारी गर्दै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न यही फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ सम्मका लागि बाँकेका सम्पूर्ण नाकाहरु बन्द गरिने निर्णय भएको जनाएको छ ।

हालै नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीको बैठकमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउन नेपाल-भारत सीमानाका पूर्ण रूपमा बन्द गरिने सहमति भएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिनुभयो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया