Close sidebar

जिप्रका बाँकेले निर्वाचनलाई मर्यादित र भयरहित सम्पन्न गराउन आग्रह

२०८२ फाल्गुन १३ गते, बुधबार ०२:०९

नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न ७ बुँदे निर्णय सार्वजनिक गरिएको छ । इस्लाम धर्मवलम्बिहरुको जारी पवित्र महिना रमजान र  हिन्दु समुदायको फागु-पूर्णिमा अर्थात होली पर्वलाई मध्यनजर गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न उक्त निर्णय गरिएको हो ।मंगलबार जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै सोमबार बसेको सर्वदलीय सर्वपक्षीय बैंककमा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न हिन्दु, मुस्लिम , बौद्धधर्मका धर्मगुरुहरुसँगको छलफल अनुसार उक्त निर्णय गरेको जनाएको छ ।

प्रशासनले यस वर्ष तराई क्षेत्रमा मनाइने होली पर्व निर्वाचनको मौन अवधिसँग जोडिन सक्ने भएकाले घर–परिवार तथा आफन्तजनबीच मर्यादित रूपमा मनाउन आग्रह गरेको छ । पर्वका अवसरमा आयोजना हुने कार्यक्रम तथा सन्देश प्रवाह गर्दा ध्वनि प्रदूषण नगर्न र सामाजिक सद्भाव खल्बलिने गतिविधि नगर्न अनुरोध गरिएको सूचनामा भनिएको छ ।

यो महिनामा हिन्दु परम्परा अनुसार हुने वैवाहिक, व्रतबन्ध लगायतका कार्यक्रमहरूमा समेत अत्यधिक ध्वनि प्रदूषण नगर्न स्थानीय प्रशासनले सूचना मार्फत आह्वान गरेको छ । यसैगरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन निर्वाचन आयोगबाट जारी आचारसंहिता पूर्णरूपमा पालना गर्न गराउन सबै राजनीतिक दलका उम्मेदवार तथा नागरिकलाई आग्रह गरेका हो ।

जिल्लाको विशेषतालाई दृष्टिगत गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सबै सरोकारवाला निकाय, स्थानीय तह तथा समुदायलाई सहकार्य गर्न प्रशासनले अनुरोध गरेको सुचनामा लेखिएको छ । यसैबीच पवित्र महिना रमजान र हिन्दु समुदायको फागु-पूर्णिमा अर्थात होली पर्वको अवसरमा जिल्ला प्रशासन कार्यालय बाँकेले शुभकामना व्यक्त समेत दिएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया