नेपालगन्ज । बाँके क्षेत्र नम्बर २ का एमालेका नेता तथा कार्यकर्ता यतिबेला धेरै खुसी छन् । एमालेले कहिल्यै जित्न नसकेकाे याे क्षेत्रमा ´व्यक्तिगत रुपमै बलियाे` रहेका माेहम्मद इस्तियाक राई एमालेमा आएर उम्मेदवार बनेपछि एमालेका नेता तथा कार्यकर्ता उत्साहित भएका हुन् ।
पश्चिम नेपालकाे चर्चित नेपालगन्ज शहर र डुडुवा गाउँपालिका समेटिएकाे क्षेत्र नम्बर २ मा राईकाे उपस्थितिले एमालेमात्रै बलियाे भएकाे छैन, यसपालीकाे चुनाव स्पष्ट रुपमा जित्ने आधार बनेकाे छ । एमालेका नेता तथा कार्यकर्ताहरु क्षेत्र नम्बर २ ले पहिलाे पटक एमालेले सांसद पाउन थालेकाे प्रतिक्रिया दिन थालेका छन् ।
एमाले बाँके अध्यक्ष निरक गुरुङ भन्नुहुन्छ, ‘यसपाली हामी इतिहास रच्ने गरी उच्च मनाेबलका साथ लागिपरेका छाैं।’ अध्यक्ष गुरुङ नेपालगन्ज निवासी हुनुहुन्छ । उहाँले लामाे समय डुडुवा क्षेत्रमा पार्टी काम गर्नु भएकाे छ । ‘दुबै क्षेत्रमा काम गरेकाे अनुभवका आधारमा म के ढुक्क छु भने यसपटक हामी यहाँ जित्छाैं, गुरुङले थप्नुभयाे, ‘बाँके-२ मा हामीले यसपटक जित्नैपर्छ भन्ने मनाेबिज्ञानका साथ काम गरिरहेका छाैं ।’
एमाले नेपालगन्ज नगर समितिका अध्यक्ष माेहित शाह एमालेकाे सांगठानिक पकड र राईकाे स्थिर मतलाई जित्ने आधार देख्नु हुन्छ । उहाँले भन्नुभयाे, ‘बिगतमा पनि अनेक चुनाैती थिए । तर पनि पार्टीको पक्षमा स्थिर मत खस्दै आएको छ । त्याे सहित उम्मेदवारकाे ब्यक्तित्व र उहाँले गर्नु भएको कामलाई मन पराउने मतदाताकाे संख्या उल्लेख्य रहेकाले हामी प्लसमा छाैं ।’
निरन्तर घरदैलोमा पुगिरहेका शाहले एमालेको मत कुनै भावनामा बगेर अन्त जाने सम्भावना नरहेकाे बताउनुभयाे । शाहले थप्नुभयाे, ‘त्याे लहडले हामीलाई छाेएको छैन । त्याे कुरा फागुण २१ मा प्रमाणित हुन्छ ।’
नेपालगन्ज -१२ का हेमराज गाैतमले टाेलटाेलमा जादा एमाले र हाम्राे उम्मेदवार राईप्रति सकारात्मक प्रतिक्रिया दिइरहेकाे बताउनुभयाे । मतदाताकाे प्रतिक्रियाले एमाले नेता तथा कार्यकर्ता हाैसिएकाे बताउनुभयाे ।
२०७९ सालकाे चुनावमा गठबन्धन गरेर राप्रपाका धवलशमशेर राणालाई जिताउँदा एमालेकाे समानुपातिकमा ९ हजार ३ सय ४५ मत थियाे । त्यतिबेला पराजित भएका राईले २३ हजार ५ सय २० मत ल्याउनु भएकाे थियाे । राईले २०७४ मा जित्दा २१ हजार ५ सय ७५ ल्याउनु भएकाे थियाे । जित्दाखेरी भन्दा हार्दा राईले धेरै मत ल्याउनु भएकाे थियाे ।
गएकाे चुनावमा राईलाई पराजित गर्न सबै पार्टी एकातिर थिए भन्दा हुन्छ । अहिले त्यस्ताे छैन । दलहरु एकल प्रतिस्पर्धामा छन् । एकल प्रतिस्पर्धा हुने भएकाले बिगतकाे भन्दा राईलाई सहज देखिन्छ । ‘चुनावमा चुनाैती नै हुँदैन भन्ने छैन । तर बिगतमा जसरी गठबन्धन हुन्थ्यो त्याे अहिले छैन,’ एमाले नगर कमिटी अध्यक्ष शाहले भन्नुभयाे, ‘बिगतकाे मत, सांगठनिक अवस्थाका कारण हामी जित्छाैं ।’
याे क्षेत्रका निर्वाचन परिचालन समितिका संयाेजक भाष्कर काफ्ले ‘यसपटक बाँके-२ बाट सांसद जिताउनैपर्ने नेता कार्यकर्ताकाे मनाेबिज्ञान’ सबैभन्दा महत्त्वपूर्ण लागेकाे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,’बिगतकाे भन्दा यसपटक परिस्थिति फरक छ । आम नेता कार्यकर्तामा बाँके-२ बाट एमालेले सांसद जिताएर संसदमा पठाउनुपर्छ भन्ने मान्यता बाेकेर हिडेका छन् ।’
मन्त्री हुँदा राईले गरेकाे कामले पनि मतदाता आकर्षित छन् । याे क्षेत्रमा नेपाली काँग्रेसबाट सुधांशु काेइराला, रास्वपाबाट विवेक श्रेष्ठ, राप्रपाबाट ऋषिराज देवकाेटा, नेपाली कम्युनिस्ट पार्टीबाट दिपेन्द्र विष्टलयागत २० जना उम्मेदवार छन् । काँग्रेस सुशील काेइराला र राप्रपा धवलशमशेरकाे बिरासत फर्काउन र जाेगाउन लागि पर्दा रास्वपा र नेकपा पनि इतिहास रच्न लागि परेका छन् ।


