Close sidebar

मुलुकलाई सही बाटोतर्फ डोर्‍याउन कांग्रेसलाई नै जिताउनु पर्नेमा जोड

२०८२ माघ १८ गते, आईतवार ०१:४३

नेपालगन्ज । बाँकेको क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने जानकी गाउँपालिकामा शनिबार नेपाली कांग्रेसका उम्मेदवार अमर सिंह पुनको निर्वाचन प्रचारप्रसार समितिको सचिवालय सञ्चालनमा ल्याइएको छ । आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनलाई लक्षित गरेर क्षेत्र नम्बर ३ को विभिन्न स्थानमा प्रचार प्रसार समितिको सचिवालय सञ्चालनमा ल्याइएको हो ।

नेपाली कांग्रेस जानकी गाउँपालिका बाँकेको आयोजनमा क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने यस वडाका निर्वाचन प्रचारप्रसार समितिको सचिवालय औपचारिक रूपमा रिबन काटेर उद्घाटन गरेका हुन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति तथा क्षेत्र नम्बर ३ का उम्मेदवार पुनको प्रमुख आतिथ्यता र नेपाली कांग्रेस जानकी गाउँपालिका सभापति दयाराम यादवको सभापतित्वमा उक्त प्रचार प्रसार समितिको सचिवालयको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै कांग्रेसका नेताहरुले क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको विकल्प नभएको बताए । मुलुकलाई सही बाटोमा डोर्‍याउन बदलिएको कांग्रेसलाई नै निर्वाचनमा जिताउनु पर्ने उनीहरुले जोड दिए ।

यसअघि बाँकेको खजुरा र बैजनाथको सम्झना बजारमा सचिवालय सञ्चालनमा ल्याइएको थियो । पहाडी, मधेसी र मुस्लिम समुदायको मिश्रित बसोबास रहेको यस निर्वाचन क्षेत्रमा मतदाताको झुकाव कता जान्छ भन्ने विषयमा अहिल्यै ठोकुवा गर्न सकिने अवस्था छैन ।जानकी गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष टिकानाथ यादवले सञ्चालन गरेको कार्यक्रममा समानुपातिक उम्मेदवार दुःखीराम लोनिया, कांग्रेस नेता एवम् लुम्बिनी प्रदेशका सांसद बादशाह कुर्मी, नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति मोहम्मद नक्की खाँ, प्रतिनिधि सभाका निर्वतमान सांसद आशा बिक, महासमिति सदस्य लक्ष्मी नारायण शाह, उमा थापा मगर, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, पालिकाका उपाध्यक्ष रामप्यारी यादव, पार्टीका खजुरा गाउँपालिका सभापति रमेश सिंजाली, प्रदेश सभा सदस्य मिना बोहरा सिद्दिकी, पार्टीका विभिन्न तहमा रहेका नेता, कार्यकर्ता तथा स्थानीय बासिन्दा लगायतको उपस्थिति रहेको थियो । भने जानकी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष जगदीश प्रसाद हरिजनले स्वागत मन्तव्य राखेका थिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया