Close sidebar

चुनावी उम्मेदवार बनेका पुर्वमन्त्री राईलाई गरे भव्य स्वागत

२०८२ माघ १४ गते, बुधबार १४:२५

नेपालगन्ज, १४ माघ बुधबार । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि बाँके क्षेत्र नम्बर २ का ‘सशक्त’ उम्मेदवार पुर्वमन्त्री मोहम्मद इस्तियाक राईलाई मतदाताहरुले स्वागत गरेका छन् । नेकपा एमालेबाट उम्मेदवारी दिएको राईलाई पोतेदारपुरका स्थानीय मतदाताहरुले भव्य स्वागत गरेका हुन् ।नेकपा एमाले प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार बनेका राई स्थानीय अगुवा र कार्यकर्ताहरूसँग भेटघाटको क्रममा बाँके क्षेत्र नं. २ मा चुनावी माहोल थप तातिएको छ । नेपालगन्ज उपमपा वडा नम्बर -२० पोतेदारपुरस्थित मनकामना ग्याँसको प्राङ्गणमा पुर्वमन्त्री राईले स्थानीय अगुवा तथा कार्यकर्ताहरूसँग भेटघाट गरेका छन् ।

बाँके-२ मा एमालेका मोहम्मद इस्तियाक राई, नेपाली कांँग्रेसका सुधान्सु कोइराला, रास्वपाका विवेक श्रेष्ठ, नेकपाका दिपेन्द्र विष्ट, जसपा नेपालका कमरुद्दीन राई, राप्रपाका ऋषिराज देवकोटा लगायत २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा समेत उत्रिएका हुन् ।

युवा नेता एवम् पुर्वमन्त्री राई एकपटक श्रम तथा यातायात दोस्रोपटक सहरी विकास तेस्रोपटक भौतिक पूर्वाधार तथा यातायात गरि तीन पटक मन्त्री बनी सकेका छन । चुनावमा उम्मेदवार बनेका राई मतदाताबाट पाइरहेको आशिर्वाद र हौसलाले उत्साहित देखिन्छन् । बाँके क्षेत्र-२ मा नेपालगन्जका कुल २३ मध्ये वडा नम्बर १६ र १७ बाहेक बाँकी वडाहरु तथा डुडुवा गाउँपालिका समेत पर्दछ ।

आफू जहाँ पुग्दा पनि मतदाताबाट माया र हौसला पाइरहेको राईले सुनाए । ‘म निर्वाचन प्रचारका लागि जहाँ पुगिरहेको छु, मलाई सबैले माया गरिरहनुभएको छ, यसपटक एमालेलाई नै जिताउने कुरा गर्नुहुन्छ,’ राईले भने । निर्वाचन प्रचारकै क्रममा बुधबार उनी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० सहित विभिन्न स्थानमा पुगेका थिए ।

त्यस क्रममा वडा तहका एमले नेता तथा कार्यकर्ता, सर्बसाधारण नागरिक, विभिन्न धर्म, समुदायका अगुवाहरुले स्वागत गरेको राईको सचिवालयले जनाएको छ ।

अघिल्ला निर्वाचनमा खासै प्रभाव देखाउन नसकेको नेपाली काँग्रेसको ‘रुख’ चिन्ह यसपटक भने आक्रामक रूपमा अघि बढिरहेको छ । नेकपा एमालेले पनि यस पटक चुनावी सरगर्मी बढाएको हो । पहाडी, मधेसी र मुस्लिम समुदायको मिश्रित बसोबास रहेको यस निर्वाचन क्षेत्रमा मतदाताको झुकाव कता जान्छ भन्ने विषयमा अहिल्यै ठोकुवा गर्न सकिने अवस्था छैन ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया