Close sidebar

जानकीमा सन्चालित राष्ट्रपति रनिङ शिल्ड सम्पन्न, शिवपुरी मावि प्रथम (फोटो फिचर)

२०८२ पुष १८ गते, शुक्रबार २२:२२

मो. ताहिर शेष राई (साहिल)✍️
मानपुर, बाँके । शिवपुरी माध्यमिक विद्यालयले प्रतियोगिता अवधीभर आफ्नो दबदबा कायम राख्दै प्रथम स्थान हासिल गरी पालिका स्तरीय आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता आज सम्पन्न भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा मानपुरले आयोजना गरेको प्रतियोगिता शुक्रबार औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको हो ।समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि जानकी गाउँपालिका बाँकेका अध्यक्ष छब्बन खाँले विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै मधेशी र मुस्लिम समुदायको बाहुल्यता रहेको पालिकामा खेलकुद सामाजिक एकता र सकारात्मक परिवर्तनको माध्यम बनेको बताउनुभयो । अध्यक्ष खाँले उत्कृष्ट विद्यालयलाई बधाई समेत दिनुभयो ।पालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष टिकानाथ यादवले खेलकुदमार्फत ग्रामीण भेगका विद्यार्थीमा लुकेको प्रतिभा बाहिर आउन थालेको बताउनुभयो । यस्तै वडा नम्बर ३ का अध्यक्ष राज कुमार कुर्मीले खेलाडीहरूलाई बधाई दिँदै आगामी दिनमा पनि वडा–स्तरबाटै खेल पूर्वाधारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यहीँ पुष १६ गते बुधबारदेखि बाँकेको जानकी गाउँपालिका अन्तर्गत नेपाल राष्ट्रिय कन्या आधारभूत विद्यालयको खेल मैदानमा सञ्चालित राष्ट्रपति रनिङ शिल्ड तथा छनौट प्रतियोगितामा शिवपुरीले १८ स्वर्ण, ६ रजत र ३ कास्य गरि कुल २७ पदक प्राप्त गरि प्रथम स्थान हासिल गरेको छ ।यस्तै जानकी माध्यमिक विद्यालयका खेलाडीहरूले अन्तिम क्षणसम्म जुझारु प्रदर्शन गर्दै ९ स्वर्ण, ११ रजत र २ कास्य गरि कुल २२ पदकसहित दोस्रो स्थान हासिल गरेको हो ।

त्यस्तै बालविकास इङ्लिस मिडियम स्कूलले ३ स्वर्ण, ५ रजत र २ कास्यसहित तेस्रो स्थानमा चित्त बुझायो भने नेरामावि भाटनपुरले २ स्वर्ण, ३ रजत र ८ कास्य पदक जित्दै चौथो स्थान हासिल गर्‍यो । आधारभूत विद्यालयतर्फ जनसहयोग आधारभूत विद्यालय गिजरा प्रथम हुन सफल भयो ।

प्रतियोगितामा प्रथम हुने विद्यालयलाई शिल्ड, ट्रफी र प्रमाणपत्रसहित नगद पुरस्कार रु. २० हजार, द्वितीयलाई रु. १५ हजार र तृतीय हुने विद्यालयलाई रु. १० हजार पुरस्कार दिने आयोजकले जनाइएको छ ।

शिक्षा शाखा प्रमुख कृष्णा कुमारी भण्डारीले स्वागत मन्तव्य राखेकी कार्यक्रममा पालिका उपाध्यक्ष रामप्यारी यादव, सामाजिक विकास संयोजक रामअचल धोबी, शिक्षा युवा तथा खेलकुद शाखाकि प्राविधिक सहायक झुमी कुमारी वली, जिन्सी शाखा प्रमुख राजु यादव, प्रशासन शाखा प्रमुख गोपी चापागाईं, सूचना प्रविधि अधिकृत विकास जिसी, श्री नेरा आधारभूत विद्यालय गुरुवागाउँका प्रधानाध्यापक सन्ध्या शर्मा, श्री मावि जोगागाउँका प्रअ नाजिया खान, शिवपुरी माविका प्रधानाध्यापक देव राना, संस्थागत र विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी, पत्रकार, सुरक्षाकर्मी, समाजसेवी लगायतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन रमेश बिसीले गर्नुभएको थिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया