Close sidebar

भोलिदेखि कम्दीको हजरत बाबा कम्मर शाह मेला शुरु हुने

२०८२ मंसिर २३ गते, सोमबार २३:०८

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका-५ कम्दीस्थित हजरत बाबा कम्मर शाह ऐतिहासिक मेला भोलिदेखि शुरु हुने भएको छ । मंसिर २३ देखि २६ गतेसम्म सञ्चालन हुने हजरत बाबा कम्मर शाहको सालाना उर्स (मेला) मंगलबारबाट शुरु हुने आयोजकले जनाएको हो ।चार दिनसम्म सञ्चालन हुने मेलामा हिन्दु र मुस्लिम समुदायलगायत अन्य धर्ममा आस्था राख्नेले बाबाको मजारमा भारतबाट हजारौँ दर्शनार्थी आउने गर्छन । मेलामा सबै धर्ममा आस्था राख्नेहरुले सहभागिता जनाउने भएकाले यसको ऐतिहासिक महत्त्व रहेको स्थानीयहरु बताउँछन् । बाबाको मजारमा पुगेर आफूले राखेको मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

मेलामा बाँके र बर्दियाका नागरिकसँगै सीमावर्ती भारतकाे बाबागञ्ज, नानपारा, श्रावस्तीबाटसमेत भारतीय नागरिक मेला भर्न आउने गर्छन । सामाजिक सद्भाव र आपसी एकताका लागि पनि हजरत बाबा कम्मर शाह मेला महत्त्वपूर्ण रहेको मेला व्यवस्थापन समिति अध्यक्ष झंक बहादुर थापाको भनाइ छ । उनका अनुसार कम्दीमा पर्ने हजरत कम्मर शाह बाबा मजार हिन्दु र मुस्लिम समुदायको आस्था र सद्भावको धरोहरको रुपमा रहेको छ ।

बाबाले सयौँवर्ष पहिले यस ठाउँमा कुटी बनाएर बसेको र कम्दीलगायतका गाउँबाट गाईभैँसी चराउन आउने यादव समुदायका मानिससँग घुलमिल हुँदै गएको स्थानीय अगुवा शकील अहमद खाँले बताउनुभयो । बाबाको मजारमा मुस्लिम, यादवलगायत विभिन्न समुदायका मानिसले प्रत्येक वर्ष च्यादर ओढाउने, भाकल गर्ने लगायतका कार्यक्रम गर्दै आएको खाँको भनाइ छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया