
मो. ताहिर शेष राई (साहिल)
नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँलाई आज लखनउ रिफर गरिएको छ । आइतबार राती भेरी अस्पतालको आइसियु भर्ना हुनुभएका खाँको स्वास्थ्यमा अझै समस्या बढ्नसक्ने संभावना देखेपछि लखनउ लगिएको हो ।
खाँलाई आइतबार राती १२ बजे मुटुको धड्कन एक्कासी बढेपछि भेरी अस्पतालमा भर्ना गरिएको थियो । तीन दिनदेखी आइसियु भर्ना गरिएको खाँको स्वास्थ्य समस्यामा कमि नदेखेपछि थप उपचारका लागि मंगलबार लखनउस्थित इन्दु अस्पतालमा लगिएको परिवारिक स्रोतले न्युज फ्ल्यास खबरलाई बताए ।
आइतबार एक्कासी मुटुको धडकन बढेपछि अस्पताल ल्याएपनि श्वास-प्रश्वासमा समस्या देखिएको मुटुरोग बिशेषज्ञ डा. बिपिन नेपालले जनाएका छन । अध्यक्ष खाँ केही वर्षदेखि मुटुरोग, प्रेसर, सुगरको उपचार लखनउबाट गराउदै आएका छन ।



