Close sidebar

कानुन व्यवसायीको ३२औं परिषद् स्थापना दिवस तथा आत्ममूल्याङ्कन दिवस नेपालगन्जमा मनाइयो

२०८२ श्रावण २९ गते, बुधबार ०३:००

रिजवान मिर्जा✍️
नेपालगन्ज । नेपाल कानुन व्यवसायी परिषद्काे ३२औं परिषद् स्थापना दिवस तथा आत्ममूल्याङ्कन दिवस २०८२ मंगलबार नेपालगन्जमा एक कार्यक्रम गरी मनाइएको छ ।

नेपाल कानुन व्यवसायी परिषद् लुम्बिनी प्रदेश सम्पर्क कार्यालय, नेपालगन्जको आयोजना र उच्च अदालत बार एशोसिएशन तथा बाँके जिल्ला अदालत बार एशोसिएशन, नेपालगन्जको व्यवस्थापनमा सो दिवस मनाइएको हो ।

लुम्बिनी प्रदेशका पार्षद ईश्वरी प्रसाद ज्ञवालीको सभापतित्व र उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका वरिष्ठ माननीय न्यायाधीश चन्द बहादुर सारुको प्रमुख अतिथिमा भएको कार्यक्रमको उद्घाटन सारु र ज्ञवालीले संयुक्त रुपमा पानसमा बत्ती बाली केक काटेर गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईं, इन्सेक लुम्बिनी प्रदेशका प्रमुख भाेला महत, नेपाल बारका पुर्व उपाध्यक्ष पहलाद बहादुर कार्की, पुर्व पार्षद वीर बहादुर राेकाय, राष्ट्रिय मानव अधिकार आयाेग नेपालगन्जका प्रमुख श्री द्वारिका देवी अधिकारी, बर्दिया जिल्ला बारका अध्यक्ष खडानन्द तिवारी, उच्च सरकारी वकिल कार्यालयका प्रमुख यदुनाथ शर्मा, भन्सार कार्यालयका प्रमुख जनार्दन पाैडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पार्षद ईश्वरी प्रसाद ज्ञवालीले परिषद्काे कार्य विधि लगायत बुदाहरुकाे बिस्तृत रुपमा जानकारी दिएका थिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया