बब्लु खान
नेपालगन्ज । समाजसेवी, खेलप्रेमी एवं नेकपा (एमाले) निकट भातृ संगठन नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रिय सदस्य मुस्ताक अन्सारीले खेलाडीलाई प्रोत्साहन स्वरुप आज स्पोर्ट्स साइकल हस्तान्तरण गरेका छन् । नेपालगन्जको बसपार्कस्थित खुल्लाचौरमा सम्पन्न भएको सुनर नेपालगन्ज खुल्ला रात्रीकालीन क्रीकेट प्रतियोगिता २०८२ मा सहभागी हुँदै अन्सारीले एक औपचारिक कार्यक्रमका बिच शुक्रबार सुनिल भण्डारीलाई सहयोग स्वरुप साइकल हस्तान्तरण गरेका हुन् ।अन्सारीले क्रीकेट खेल उझेलमा पारिएका र यसको प्रबर्दनका लागी यस क्षेत्रका खेलाडीहरुलाई साइकल हस्तान्तरण गरेको बताए । उनले खेलक्षेत्रमा निरन्तर लागेका खेलाडीलाई उत्प्रोत्साहन गर्न आफुले थोरै भएपनि सहयोग गर्न पाउँदा निकै खुशि व्यक्त गरे । खेलकुदका माध्यमबाट स्वास्थ्य र समाज निर्माण गर्नुका साथै खेल र खेलाडीको स्तरवृद्धि गर्दै जानसक्ने भएकाले क्लबलाई सहयोग गरिएको उनि बताउँछन ।
यसअघि पनि विभिन्न क्षेत्रमा आर्थिक सहयोग गर्दै आएका छन् । कोरोना माहामारीले रोजगारी गुमाएका मजदुर, विद्यार्थी तथा बृद्धाहरुलाई पनि अन्सारीले सहयोग गरेको हो । आगामी दिनमा विभिन्न क्षेत्रमा समाजसेवा गर्ने आफ्नो लक्ष्य रहेको उनले जिकिर गरे । सुनर नेपालगन्ज खुल्ला रात्रीकालीन क्रीकेट प्रतियोगितामा आर्थिक क्षमता न्यून भएका टिमलाई आर्थिक सहयोग समेत गरेका हुन ।
सुनर एभेन प्रा. लि.को आयोजनामा सुनर नेपालगन्ज खुल्ला रात्री क्रीकेट प्रतियोगिता २०८२ आज सम्पन्न गरेको छ । उक्त प्रतियोगितामा दिनहुुँ तीनओटा खेलमा सहभागी टिमलाई प्रतिस्पर्धा गराउँदै करीब अढाई महिनाको अन्तरालमा शुक्रबार खेल खेल सम्पन्न गरेको हो । विजेता टिमलाई नगद रु. ५० हजार, कप मेडल र उपविजेता टिमलाई ३५ हजार, कपसहित पुरस्कार हस्तान्तरण गरेका हुन ।
टस जितेर पहिले ब्याटिङ गरेको रन्जित फार्मेसीले निर्धारित १२ ओभरमा ७ विकेट गुमाएर ८८ रन बनायो । जबाफमा कोहलपुर स्पोर्ट क्लबले कडा प्रतिस्पर्धा गरेपनि निर्धारित ओभरमा ४ विकेट गुमाएर ९२ रन बनाउन सफल भयो । विशेषतः जोश र मेहनतका साथ सुनिल भण्डारीको सशक्त ब्याटिङ निर्णायक रह्यो । उक्त खेलका म्यान अफ द म्याचको उपाधी भण्डारीले उचालेका थिए ।