बब्लु खान
नेपालगन्ज । समाजसेवी, खेलप्रेमी एवं नेकपा (एमाले) निकट भातृ संगठन नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रिय सदस्य मुस्ताक अन्सारीले खेलाडीलाई प्रोत्साहन स्वरुप आज स्पोर्ट्स साइकल हस्तान्तरण गरेका छन् । नेपालगन्जको बसपार्कस्थित खुल्लाचौरमा सम्पन्न भएको सुनर नेपालगन्ज खुल्ला रात्रीकालीन क्रीकेट प्रतियोगिता २०८२ मा सहभागी हुँदै अन्सारीले एक औपचारिक कार्यक्रमका बिच शुक्रबार सुनिल भण्डारीलाई सहयोग स्वरुप साइकल हस्तान्तरण गरेका हुन् ।
अन्सारीले क्रीकेट खेल उझेलमा पारिएका र यसको प्रबर्दनका लागी यस क्षेत्रका खेलाडीहरुलाई साइकल हस्तान्तरण गरेको बताए । उनले खेलक्षेत्रमा निरन्तर लागेका खेलाडीलाई उत्प्रोत्साहन गर्न आफुले थोरै भएपनि सहयोग गर्न पाउँदा निकै खुशि व्यक्त गरे । खेलकुदका माध्यमबाट स्वास्थ्य र समाज निर्माण गर्नुका साथै खेल र खेलाडीको स्तरवृद्धि गर्दै जानसक्ने भएकाले क्लबलाई सहयोग गरिएको उनि बताउँछन ।
यसअघि पनि विभिन्न क्षेत्रमा आर्थिक सहयोग गर्दै आएका छन् । कोरोना माहामारीले रोजगारी गुमाएका मजदुर, विद्यार्थी तथा बृद्धाहरुलाई पनि अन्सारीले सहयोग गरेको हो । आगामी दिनमा विभिन्न क्षेत्रमा समाजसेवा गर्ने आफ्नो लक्ष्य रहेको उनले जिकिर गरे । सुनर नेपालगन्ज खुल्ला रात्रीकालीन क्रीकेट प्रतियोगितामा आर्थिक क्षमता न्यून भएका टिमलाई आर्थिक सहयोग समेत गरेका हुन ।
सुनर एभेन प्रा. लि.को आयोजनामा सुनर नेपालगन्ज खुल्ला रात्री क्रीकेट प्रतियोगिता २०८२ आज सम्पन्न गरेको छ । उक्त प्रतियोगितामा दिनहुुँ तीनओटा खेलमा सहभागी टिमलाई प्रतिस्पर्धा गराउँदै करीब अढाई महिनाको अन्तरालमा शुक्रबार खेल खेल सम्पन्न गरेको हो । विजेता टिमलाई नगद रु. ५० हजार, कप मेडल र उपविजेता टिमलाई ३५ हजार, कपसहित पुरस्कार हस्तान्तरण गरेका हुन ।
टस जितेर पहिले ब्याटिङ गरेको रन्जित फार्मेसीले निर्धारित १२ ओभरमा ७ विकेट गुमाएर ८८ रन बनायो । जबाफमा कोहलपुर स्पोर्ट क्लबले कडा प्रतिस्पर्धा गरेपनि निर्धारित ओभरमा ४ विकेट गुमाएर ९२ रन बनाउन सफल भयो । विशेषतः जोश र मेहनतका साथ सुनिल भण्डारीको सशक्त ब्याटिङ निर्णायक रह्यो । उक्त खेलका म्यान अफ द म्याचको उपाधी भण्डारीले उचालेका थिए ।


