Close sidebar

मुस्लिम इत्तेहाद संगठनको महाधिवेशन तयारीका क्रममा नरैनापुरका स्थानीयबासीसँग अन्तरक्रिया

२०८२ बैशाख १० गते, बुधबार ००:२८

नेपालगन्ज । नेपाल मुस्लिम इत्तेहाद संगठनको आगामी वैशाख २० र २१ गते नेपालगन्जमा हुने महाधिवेशन तयारीका क्रममा मंगलबार बाँकेको नरैनापुर गाउँपालिकामा स्थानीयबासीसँग अन्तरक्रिया गरिएको छ । त्यसक्रममा स्थानीयबासीले महाधिवेशनमा प्रधानमन्त्री समेत आउने भएकाले नरैनापुरको विकास आवश्यकताका बारेमा ध्यानाकर्षण गराइनु पर्ने धारणा राखेका छन् ।‘नरैनापुरको शिक्षा, स्वास्थ्य, पूर्वाधारको विषय प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइनुपर्छ’, उनले भने, ‘महाधिवेशनलाई नरैनापुरको विषय उठाउने र सरकार समक्ष पुर्याउने अवसरका रुपमा प्रयोग गरिनुपर्छ । कार्यक्रममा सहभागीहरुले इत्तेहादको महाधिवेशन सफल बनाउन आफुहरु लागि पर्ने बताउँदै त्यसका लागि पाएको जिम्मेवारी वहन गर्ने बताएका थिए ।

नेपाल मुस्लिम इत्तेहाद संगठन नरैनापुर गाउँपालिकाका अध्यक्ष मोल्हे शेखको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि, नेकपा एमालेका केन्द्रीय सदस्य एवं मुस्लिम फाँट इन्चार्ज मो. हारुन कादरीले महाधिवेशन बाँकेका लागि आवसर भएको भन्दै विशेष सन्देश दिनका लागि सबै सबैको सहयोग आवश्यक भएको बताएका थिए ।

कार्यक्रममा विशेष अतिथि महाधिवेशन तयारी समितिका संयोजक अब्दुल करिम खान, अतिथिहरु इत्तेहादका केन्द्रीय सदस्य अकरम अन्सारी, सगीर खान, जमील हल्वाई, इब्राहीम शेख, खलील मियाँ, नेकपा एमाले नरैनापुरका अध्यक्ष जावेद खान लगायत स्थानीय अगुवाहरूको उपस्थित थियो । कार्यक्रममा इत्तेहादका केन्द्रीय सदस्य अकरम अन्सारीले स्वागत गर्दै महाधिवेशन बारे करीम खान, हारुन कादरीले बोलेका थिए । अध्यक्षता गरेका मोल्हे शेख लगायत त्यहाँका अगुवाहरुले महाधिवेशनमा नरैनापुरबाट बाक्लै उपस्थिति हुने प्रतिबद्धता जनाएका छन् ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया