Close sidebar

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बन्द हुने भएपछि व्यापारी आन्दोलनमा

२०८२ बैशाख ५ गते, शुक्रबार १४:३७

रुपन्देही । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा अहिले व्यापारीहरु आन्दोलनरत भएका छ्न । भैरहवामा रहेको एक मात्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानबाट अन्तर्राष्ट्रिय उडान नहुने जानकारी पाएपछि आन्दोलनरत भैरहवाका उद्योगी व्यवसायीहरुले नेपाल सरकारको ध्यानाकर्षण गराएका हुन ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, सिद्धार्थ सञ्जाल रुपन्देही र चेम्बर अफ कमर्स, रुपन्देहीले चरणबद्ध रुपमा आन्दोलन गर्ने नेपाल सरकारलाई चेतावनी समेत दिएका छन ।

कस्को पालामा भएको हो सम्झौता ?

प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा चिनियाँ सरकारसंग ऋण लिएर उक्त गौतम बुद्ध अन्तर्राष्ट्रिय एयरपोर्टको निर्माण सम्झौता भएको थियोे । अन्तर्राष्ट्रिय मापदण्ड र प्राविधिकको कमिले गर्दा अन्तर्राष्ट्रिय उडान स्थागित हुन पुगेको हो । यति मात्रै नभई अधुरो काम हुँदाहुँदै चिनियाँ राजदुत पोखरा अन्तर्राष्ट्रिय विमान स्थल र भैरहवा विमान स्थल हतार हतारमा उदघाटन गराएका थिए ।

सो विमानस्थलमा गुणस्तरहिन सामाग्री प्रयोग भएको र करोडौंको भ्रष्टाचार भएको जस कारण अन्तर्राष्ट्रिय उडान रद्ध भएको एक स्थानीय प्राविधिक सल्लाहकारले बताए । यो अन्तर्राष्ट्रिय विमान स्थल निर्माण हुँदा थप जग्गा खरिद गर्दा र निर्माण कार्यमा चिनियाँ कम्पनीले करोडौंको भ्रष्टाचार भएको अनुमान गरिएको हो ।

रुपन्देही जिल्लाका व्यापारीले यही आशामा करोडौं-करोड लगानी गरि होटेल निर्माण गरिएको र अन्य व्यावसाय फस्टाउने आशा गरे पनि निराशामा परिणत भएको हो । अब आन्दोलनको विकल्प नभएको र विमानस्थल अगाडि धर्ना कार्यक्रम, बजार र्‍याली जुलुस हुने बताएका छन । उद्योगी व्यवसायीहरुले विमानस्थल सञ्चालनका लागि सबै मिलेर निर्णायक आन्दोलन गर्ने जनाएका हुन ।

आन्दोलनको अगुवाई सिद्धार्थ सञ्जाल रुपन्देही रहने अन्य सबै जना संघ-संस्थाको सहकार्य हुने बताएका हुन । अब व्यापारीको साथै अन्य स्थानीयले संयुक्त आन्दोलन संघर्ष समिति रहने छ । रुपन्देही जिल्लाका माननीय , स्थानीय सरकार , प्रदेश सरकारका जनप्रतिनिधि लगाएत विभिन्न संघसंस्थाका अगुवा संग छ्लफल हुने बताएका हुन । हजारौँको सङ्ख्यामा उपस्थिति भइ विमानस्थल अगाडि अल्टिमेटम दिँदै शान्तिपूर्ण विरोध, प्रधानमन्त्री, पर्यटन, अर्थ, श्रम, स्वास्थ्यमन्त्रीलगायत सम्बन्धित मन्त्रालयका सचिव समेत ध्यानाकर्षण गराउने बताएका हुन ।

किन सेतो हात्ती बन्यो भैरहवा विमानस्थल ?

एशियाली विकास बैंकको ऋण र ओपेक फन्ड तथा नेपाल सरकार सहितको लगानीमा करिब साढे नौ अर्ब रुपैयाँमा चिनियाँ कम्पनीले निर्माण गरिएको समाचार आए पनि महालेखाको ६१औँ वार्षिक प्रतिवेदनअनुसार गौतम बुद्ध विमानस्थल ३५ अर्ब ६६ करोड खर्च भएर निर्माण सम्पन्न भएको हो । यहाँ बाट डोमेस्टिक उडानले मात्र खर्च धान्न नसक्ने प्रतिवेदनमा उपसमितिकाले उल्लेख गरेको उक्त विमानस्थल निर्माण भएको थियोे ।

यसमा विभिन्न कमिकमजोरीका बावजुद जबर्जस्ती संचालन गर्ने प्रयास भयो । छिमेकी मुलुक भारतबाट जम्मा लगभग २/३ किलोमिटरको दुरी निर्माण गरिएको उक्त विमान स्थलमा निर्माणमा मुख्य जिम्मेवारी पाएको चिनियाँ प्राविधिक टिमले कसरी उडान हुने भनेर अध्ययन गर्नु पर्ने थियोे । अन्तमा भारतले अनुमति दिएन भन्ने गलत प्रचार गरियो ।

भारतको गोरखपुर नजिकै एयरफोर्स छ, भारतले आफ्नो सुरक्षाका दृष्टिले सहमत नभएको कुरा हो । यो बिसयमा अध्ययन पश्चात् निर्माण गर्नु पर्ने थियोे । अहिले आएर विमान स्थलको लगानी उठाउन धौ-धौ भएको छ र अर्को सेतो हाती पाल्ने नेपाल सरकारको जिम्मेवारी बनेको छ । अन्तर्राष्ट्रिय र आन्तरिक उडान सञ्चालनका लागि मासिक लगभग अनुमानित दुई करोड रुपैयाँ खर्च हुने गरेको छ । इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टमको प्रयोग गर्न पाएको भए कम भिजिबिलिटीमा पनि विमान अवतरण गर्न सकिन्थ्यो होला । तर इ सबै प्राविधिक सामग्री कहाँबाट खरिद अहिले काम नलाग्ने अवस्थामा जिम्मेवारी कसको औल्याउँन जरुरी भएको छ ।

भैरहवाका व्यापारी किन आन्दोलित ?

अन्तर्राष्ट्रिय विमान स्थल संचालन नहुदा व्यापारी आन्दोलन गर्न बाध्य भएका छन । हातमा कालोपट्टी बाँधेर दबाबमूलक विरोध प्रदर्शन तथा शान्तिपूर्ण र्‍याली, बजार परिक्रमा गरिने भएका हुन । मागको सुनुवाइ नभए दोस्रो चरणको आन्दोलन अन्तर्गत विमानस्थलको गेट अगाडि नियमित धर्ना तथा विरोधसभा र यति गर्दा पनि अन्तर्राष्ट्रिय उडान सञ्चालन नभए आन्तरिक र बाह्य विमानस्थलको अगाडि विरोध गरिने पत्रकार सम्मेलनमा मार्फत जानकारी दिए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालनका लागि यहाँबाट उडान भरिरहेका वायुसेवा कम्पनीले गर्मीयामका लागि ‘समर शेड्युल’ लिएका छैनन् । यसले अब यहाँबाट सातामा एकदिन नेपाल एयरलाइन्सको विमान बाहेक अन्य अन्तर्राष्ट्रिय उडान नहुने भएकोले आन्दोलन गर्न हामी बाध्य भएको जानकारी दिए ।

भैरहवाबाट उडान हुने जजिरा एयरलाइन्स, फ्लाई दुबई, थाई एयर र एसियाले समर शेड्युल नलिएकोले अब उडान नहुने भएको हो । जसले गर्दा रुपन्देही लगानी भएका होटेल व्यावासाय पुर्ण रुपमा प्रभावित हुनेछ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया