काठमाण्डौ । इस्लाम धर्मवलम्बिहरुको महान पर्व ईद-उल-फित्रको दिन परेका परिक्षा सार्न मुस्लिम समुदायका अगुवाले माग गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई शुक्रबार ज्ञापनपत्र बुझाएका हुन ।
त्रिभुवन विश्वविद्यालयको कानून संकाय अन्तर्गत स्नातक तहको दोस्रो सेमेस्टरको अन्तिम परिक्षा मुस्लिम समुदायको महान पर्व ईदको दिन परेको छ । सो परिक्षालाई सार्न माग गरिएको विज्ञप्तिमा लेखिएको छ । इस्लाम धर्मवलम्बिहरुको महान पर्व ईद उल-फित्र चैत १८ अथवा १९ गते पर्ने मुस्लिम अगुवाहरुले जनाएका छन् । मुस्लिम समुदायका विद्यार्थीलाई समस्या पर्ने भएकाले परिक्षा सार्नुपर्ने उनीहरूको भनाइ छ ।
नेपाल सरकारले गत २०८० माघ २९ मा राजपत्रमा प्रकाशित गरेको २०८१ सालका सार्वजनिक बिदामा ईद पनि परेको छ । त्यस दिन देशभर सार्वजनिक बिदा हुन्छ । तर, शैक्षिक संस्थाले सार्वजनिक बिदा हुने गरेको ईदका दिनमा पनि परिक्षा राखेका छन् । ज्ञापनपत्र बुझ्दै शिक्षामन्त्री भट्टराईले परिक्षा सार्न पहल गर्ने बताइन् ।