नेपालगन्ज । नेपालगन्जका चर्चित समाजसेवी राजा खानले धार्मिक तथा सामुदायिक सेवाका लागि नगद रु. १ लाख बराबरको आर्थिक सहयोग प्रदान गर्नुभएको छ । हाल अमेरिका बसोबास रहेको राजा खान नेपालगन्जले वडा नम्बर ५ स्थित दावते इस्लामी नेपाललाई समर सिबल जडानका लागि उक्त आर्थिक सहयोग प्रदान गर्नुभएको हो ।
सामाजिक कार्यमा सक्रिय राजा खान नेपालगन्जले मस्जिदमा स्वच्छ पानीको उपलब्धता सुनिश्चित गर्न तथा समुदायका भक्तजनहरूलाई सुविधाजनक वातावरण प्रदान गर्न यो महत्वपूर्ण सहयोग गरेको राजा खान नेपालगन्जलाई अदृत गर्दै नेपालगन्ज प्रतिनिधि इरफान अलि रङरेज (अरशद)ले बताए ।
सहयोग हस्तान्तरण गर्दै उनले समाजमा सकारात्मक परिवर्तन ल्याउन र धार्मिक तथा सामुदायिक संस्थाहरूलाई प्रवर्द्धन गर्न सहयोग गर्नु भएकोमा राजा खान नेपालगन्जलाई धन्यवाद समेत दिए । यस्तै दावते इस्लामी नेपालका प्रतिनिधिहरूले राजा खानको सहयोगप्रति आभार व्यक्त गर्दै भने, “यो योगदान हाम्रो संस्थाका लागि महत्वपूर्ण छ । यसले धार्मिक गतिविधि सञ्चालनमा सहजता ल्याउनेछ ।”
राजा खान नेपालगन्जको निरन्तर समाज सेवा र उदार सहयोगले नेपालगन्जमा सामाजिक सद्भाव र सहयोग संस्कृतिलाई प्रवर्द्धन गरिरहेको छ । स्थानीय बासिन्दाहरूले उनको सामाजिक कार्यको प्रशंसा गर्दै भविष्यमा पनि यस्ता कार्यहरू जारी रहने विश्वास व्यक्त गरेका छन् ।
यसैगरी राजा खान नेपालगन्जले एक सन्देश जारी गर्दै समाज र धर्मको सेवामा योगदान गर्नु मेरो कर्तव्य हो । दावते इस्लामी नेपाललाई प्रदान गरिएको यो सहयोग धार्मिक तथा सामुदायिक कार्यलाई सहज बनाउनका लागि हो । समाजलाई सकारात्मक दिशामा अघि बढाउन सबैले आ-आफ्नो तर्फबाट सहयोग गर्नु आवश्यक छ, उनले भने ।
