बर्दिया । चितुवाले आक्रमण गर्दा एक नाबालकको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका–९ भाटचोक नजिकै घरको आँगनमा खेलिरहेका अढाई वर्षीय नाबालकको चितुवाले आक्रमण गर्दा मृत्यु भएको हो ।
घरको आगँनमा खेलिरहेका नाबालक बेपत्ता भएपछि खोजतलासको क्रममा शनिबार राति करीब साढे नौ बजेतिर नाबालकको शव भेटिएको थियोे । बर्दिया प्रहरीका अनुसार नेपाल-भारत सिमा कतनिया वन्यजन्तु आरक्षबाट आएको चितुवाको आक्रमणबाट नाबालकको मृत्यु भएको शंका गरिएको छ ।
सानीआमा जमुना कँडेलको घरमा पाहुना आएकी राप्ती सोनारी गाउँपालिका-५ का रचना चलाउनेका छोरा रिहानको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता ( डिएसपी) ऋषिराम घर्तीमगरले जानकारी दिए । बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बर्दिया ल्याइएको छ ।
