Close sidebar

बास नेपालको जानकी उपशाखा अध्यक्षमा सकिल अहमद राई

२०८१ माघ १७ गते, बिहीबार १९:१०

रिजवान मिर्जा✍️
नेपालगञ्ज । बाँकेको जानकी गाँउपालिकामा बास नेपालको जानकी उपशाखा पुनर्गठन गरिएको छ । बास नेपालका केन्द्रीय सदस्य मनमोहन बर्मा र बाँके शाखा अध्यक्ष शोभा थापा मगरको उपस्थितिमा जानकीस्थित सबै वडाहरुबाट युवाहरुको भेला गरी ११ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।

युवा सकिल अहमद राईको अध्यक्षतामा पुनर्गठन गरिएको समितिको उपाध्यक्षमा क्रान्ति बढही, सचिवमा बिकास बर्मा, सहसचिवमा आशिक अलि नाउ र कोषाध्यक्षमा रहमान अलि नाउ रहेका छन् । यसैगरी समितिका अन्य सदस्यहरुमा जाकिर हुसेन बागवान, कबि राम बर्मा, मोहित कुम्हार, किरण बढही, दिपेन्द्र यादव र  चन्द्र प्रकाश यादव रहेको छन् ।

बास नेपालको जिल्ला शाखा अधिबेशनको संघारमै पालिका स्तरका सबै उपशाखा पुनर्गठन गरिसक्ने ध्येका साथ जिल्ला अगाडी बढेको बाँके जिल्ला शाखा अध्यक्ष शोभा थापामागरले बताउनुभयो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया