काठमाण्डौ । आज दुई यात्रुबाहक बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक चालकको मृत्य भएको छ, भने ३० यात्रु घाइते भएका छन् ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिकामा-५ नयाँ पुल गोरेचौतारामा गण्डकी जिएए ००७० नम्बरको बस र भे १ ख ३४८७ नम्बरको दुई यात्रुबाहक बस आपसमा ठोक्किएका हुन ।
दुर्घटनामा जिएए ००७० नम्बरको बसका चालक तनहुँकै ऋषिङ पाटन घरभएका ३९ वर्षीय रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बसमा च्यापिएका यात्रुलाई मुग्लिन पोखरा सडक योजनाको डोजरको सहयोगमा उद्धार गरिएको छ । घाइतेहरुलाई मोती र लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ । एकजना नाम थर नखुलेका गम्भीर घाइतेलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ ।