Close sidebar

बुध्द एयरकाे रात्रिकालीन भाडा घट्यो, भद्रपुर- पोखरा दैनिक १ अतिरिक्त उडान थप

२०८१ कार्तिक २७ गते, मंगलवार १९:२५

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका कारण सीमित उडान भएपछि बुध्द एयरले भद्रपुर तथा पोखराबाट अतिरिक्त उडान थालेको छ । बुध्द एयरले रात्रिकालीन उडानलाई थप सहज बनाउँदै विभिन्न गन्तव्यको भाडादर बिहान, दिउँसोको दाँजोमा भाडादर घटाएको हो ।

पोखराका लागि ५००, भद्रपुर तथा नेपालगञ्जका लागि १००० तथा जनकपुरधामका लागि ८०० रुपैयाँ भाडादर घटाएका हुन ।

त्यसैगरी सातामा पोखराबाट नेपालगञ्जको तीन उडान हुने गरेकोमा बुध्द एयरले दैनिक उडान थालेको छ । भद्रपुरबाट पोखराका लागि दैनिक १ अतिरिक्त उडान थप गरेको हो ।

यसैगरी भैरहवामा अन्तर्राष्ट्रिय एयरलाइन्सको उडानले थप आर्थिक चलायमान हुने तथा पर्यटनलाई टेवा पुग्नेछ । काठमाडौं वा पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि भैरहवा आउजाउ गर्ने यात्रुलाई बुध्द एयरले हरेक फेयरमा २५ केजी लगेज पनि छुट दिएको छ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : [email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया