Close sidebar

जानकी शिक्षा शाखाले गर्‍यो तिज मिलन कार्यक्रम

२०८१ भाद्र १५ गते, शनिबार १६:०९

नेपालगन्ज । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा महिला शिक्षक तथा कर्मचारीहरुको लागि तिज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ । जानकी गाउँपालिका शिक्षा यूवा तथा खेलकूद शाखाको आयोजनामा महिला शिक्षक तथा कर्मचारीहरुको लागि तिज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार नेपालगन्जमा सम्पन्न गरिएको हो ।

शिक्षा यूवा तथा खेलकूद शाखाका संयोजक रामअचल धोबीको सभापतित्व तथा जानकी गाउँपालिका बाँकेका अध्यक्ष छब्बन खाँको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष खाँले आउने दिनमा अझ ब्यापक रुपमा मौलिक कला संस्कृतिको संरक्षण गर्ने गरी मनाउने बताउनुभयो । उहाँले तिज मिलन कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागिहरुलाई धन्यबाद ज्ञापन समेत व्यक्त गरेका थिए ।

शिक्षा शाखाकी सहायक प्राविधिक झुमी कुमारी ओलीले सन्चालन गरेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव, शिक्षा शाखा प्रमुख कृष्णा कुमारी भण्डारी, विपद् तथा वातावरण व्यवस्थापन समितिका संयोजक राजेन्द्र सिंह, कार्यपालिकासदस्य, श्री मावी जोगागाउँका प्रधानाध्यापक जीत बहादुर वर्मा, श्री मावी बन्जारेगाउँका प्रधानाध्यापक अदित्य कुमार वर्मा, विभिन्न विद्यालयका शिक्षक लगायतको सहभागिता रहेको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : [email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया