Close sidebar

घरको सिँढीबाट लडेर तुलसीपुरमा महिलाको मृत्यु

२०८१ श्रावण १९ गते, शनिबार ००:४८

दाङ । तुलसीपुरमा घरको सिँढीबाट लडेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

सल्यानको कपुरकोट गाउँपालिका–३ घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ (ङ) लाइनमा विगत एक महिना अघिदेखि कोठा भाडामा बस्दै आउनु भएकी ४२ वर्षीया तिला परियारको सिँढीबाट लडेर मृत्यु भएको हो ।

परियार बिहान साढे ७ बजेतिर सिँढीबाट लडेर गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा साढे ८ बजेतिर पुर्‍याइएको थियो ।

राप्ती प्रादेशिक अस्पतालले प्रारम्भिक उपचारपछि पौने ९ बजेतिर घाइतेलाई बाँकेस्थित मेडिकल कलेज कोहलपुरका लागि रिफर गरिदिएको थियो ।

बिहान साढे ११ बजे आफन्तले घाइतेलाई अस्पताल पुर्‍याएका थिए । तत्कालै चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया