
चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालमा आज बिहान करीब साढे ३ बजे काठमाडौंबाट गौर जाँदै गरेको ४१ जना यात्रु बोकेको गणपति डिलक्स बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको २४ जना यात्रु बोकेको एन्जल बस पहिरोमा परेर बगेको छन ।
गणपति डिलक्स बसका ३ जना यात्रुले हाम फालेर ज्यान जोगाएर बाच्न सफल भएका छन । भने घटनामा एउटा बसको केही भाग मात्र देखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
त्यस्तै सोही सडक खण्डको १७ किलोमिटरमा आज बिहानै करीब साढे ३ बजेतिरको आसपासमा खसेको पहिरोबाट आएको ढुंगा लागेर एक बस चालकको निधन भएको प्रहरीले जनाएको छ । (थप जानकारी आउन बाँकी)
