Close sidebar

पत्रकार धम्क्याउने एसपी बोहराको सरुवा, नयाँ एसपीमा कार्की

२०८० चैत्र २३ गते, शुक्रबार २३:४३

नेपालगन्ज । बाँके प्रहरी प्रमुख (एसपी) सुवाषचन्द्र बोहराको सरुवा भएको छ । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई समाचार लेखेकै भरमा धम्की दिएपछि विभिन्न पत्रकार संगठनको विरोधपछि विवादित बनेका एसपी बोहराको प्रहरी प्रधान कार्यालयले मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरमा काज सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालय नक्सालले बाँके प्रहरी प्रमुखको रुपमा (एसपी) तुलबहादुर कार्कीलाई काज सरुवा गरेर पठाएको छ । कार्की पहिला पनि वडा प्रहरी कार्यालय नेपालगन्ज प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन । त्यस्तै नक्सालले अन्य ६ जिल्लाका (एसपी)को पनि अवधि नपुग्दै काज सरुवा गरेको छ ।

नुवाकोटमा शान्तिराज कोइराला, बारामा महेन्द्र खड्का, रौतहटमा दिलीप घिमिरे, सर्लाहीमा रविन्द्र सिंह , महोत्तरीमा नकुल पोखरेल र धनुषामा भुवनेश्वर तिवारीको काज सरुवा भएको छ । यसअघि महोत्तरीमा रहेका एसपी श्याम राईलाई फिर्ता बोलाइएको छ भने सर्लाहीका दयानिधी ज्ञवाली र धनुषाका मित्रबन्धु शर्मालाई फिर्ता बोलाइएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया