🔘 सुनील क्षेत्री✍️
दक्षिण कोरियामा रोजगारीको अवसर उपलब्ध गराउने (ईपीएस) कोटाअन्तर्गत नेपालमा लिइने भाषा परीक्षामा आफूहरुलाई पनि सहभागी गराउनुपर्ने माग सहित प्रदर्शन गरिरहेका युवाहरु र प्रहरीबिच झडप भएपछि प्रहरीले बल प्रयोग गरि चलाएको गोलि लागेर मृत्यु भएका सुजन राउत र विरेन्द्र शाह ।
गोली चल्यो ऊ ढल्यो ।
सुन्दर सपनाको खोजीमा ।।
देशमा भविष्य नदेखेर ।
विदेशीने सपनाको रोजीमा ।।
बा-आमाको आशाको त्यान्द्रो च्यातियो
भाईहरुको रङ्गीन सपना मधुर भयो ।
दिदीबहिनीको माइती रित्तियो ।।
संगै जीवन बिताउला भन्ने सोचेको
प्रेमिकाको वाचा सकियो ।
घरको जग भाँचियो ।।
कहिलै नउठ्ने गरी
परिवारको भरोसा सकियो ।
वर्षौसम्मको खुसी रोकियो ।।
आखिर विदेश जानकै लागि युवा मर्न तयार हुन्छन् भने यो देश के को लागि ?