Close sidebar

श्री मावि जोगागाउँको शैक्षिक अवलोकन तथा वनभोज कार्यक्रम सम्पन्न

२०८० पुष ८ गते, आईतवार १५:४६

नेपालगन्ज / बाँकेको जानकी गाउँपालिका वडा नं. २ स्थित श्री माध्यमिक विद्यालय जोगागाउँले शैक्षिक अवलोकन तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ । शनिबार दिन विद्यालयले शैक्षिक अवलोकन तथा वनभोज कार्यक्रम कैलाली जिल्लाको टिकापुरमा सम्पन्न गरेको हो ।

वनभोज कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मो. आलमीन राईले शिक्षक तथा विद्यार्थीहरुको गुणस्तरीय शिक्षाका लागि बिगतदेखि नै उत्कृष्ट स्थान हासिल गरेकोमा आगामी दिनमा पनि थप शैक्षिक सफलताका लागि काम गर्नुपर्ने जिकिर गरे । उच्च शिक्षाका लागि भैरहेको प्रयासलाई अगाडी बढाउन तथा माध्यामिक देखि प्राथमिक तहसम्मको शिक्षणलाई थप मर्यादित तथा व्यवस्थित बनाउनुपर्ने कुरामा उहाँले जोड दिए ।

कार्यक्रममा शिक्षाको अवस्था बारे अहिलेसम्मका कार्य समीक्षाका साथै आगामी योजनाबारे छलफल गरिएको बताइएको छ ।  शिक्षकहरुका पिरमर्का, अधिकार, कर्तव्यबोध लगायतका विषयमा समेत छलफल भएको विद्यालयका कम्प्युटर शिक्षक सकील अहमद राईले जानकारी दिए ।

विद्यालयका शिक्षक निरज मिश्रको अध्यक्षतामा भएको शैक्षिक अवलोकन तथा वनभोज कार्यक्रममा स्वागत मन्तब्य मनिषा भण्डारीले राखेकी थिइन् । जोगागाउँ स्थित विद्यालय अगाडिबाट शनिबार विहान ७ बजे निस्किएको शैक्षिक अवलोकन तथा वनभोज कार्यक्रममा करीब ३५ जना शिक्षकको उपस्थिति रहेको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया