Close sidebar

४९.७ ग्राम लागू औषध सहित दुई जना भारतीय नागरिक पक्राउ

२०८० पुष ७ गते, शनिबार २०:३९

नेपालगन्ज / लागू औषध सहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपाल तर्फ आँउदै गरेका पैदल यात्री भारतको उत्तर प्रदेश जिल्ला बहराईच थाना मोतिपुरस्थित बालेगाँउ बस्ने अन्दाजी १५ वर्षीय गुड्डु खाँ र सोही ठाउँका अन्दाजी २० वर्षीय निजामुद्दीन खाँलाई बर्दिया प्रहरीले पक्राउ गरेको हो ।

गत मंसिर ९ गते बर्दियाको बढैयाताल गा.पा. वडा नम्बर ७, भत्केकोपुलस्थित प्रहरीले चेकजाँच गर्ने क्रममा निजामुद्दीन खाँको साथबाट कालो रङ्गको प्लाष्टिकको पुडियामा राखिएको प्लाष्टिक सहित ५०.८२ ग्राम र शुद्ध तौल ४९.७ ग्राम खैरो रङ्गको जस्तो देखिने धुलो पर्दाथ लागू औषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता (डिएसपी) तुल्सीराम अर्यालले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय मैनापोखर, प्रहरी चौकी जमुनी, कालिका र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा लागू औषध सहित पक्राउ गरि दुबै जना माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया