
मो. ताहिर शेषराई (साहिल)✍️
नेपालगन्ज / महिला हिंसा विरुद्धको १६ दिने अभियानको समापनको अवसरमा श्री माध्यमिक विद्यालय जोगागाउँमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने राष्ट्रिय नारासहित आइतबार लैङ्गिक हिंसा न्युनिकरणमा किशोर-किशोरीको भुमिका सम्बन्धि वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।

बी- ग्रुपको आयोजना र जानकी गाउँपालिका महिला तथा बालबालिका शाखाको समुन्वयमा लैङ्गिक हिंसा विरुद्ध अभियानको अवसरमा गरिएको वक्तृत्वकला प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमलाई समापन गर्दै विद्यालयका प्रधानाध्यापक मो. आलमीन राईले लैङ्गिक हिंसा अन्त्य गर्न सरोकारवाला तथा स्थानीयको हातेमालो आवश्यक रहेको जिकिर गर्नुभयो । उहाँले आयोजक संस्थालाई धन्यवाद समेत दिनुभयो ।
वक्तृत्वकला प्रतियोगितामा सन्ध्या हरिजन प्रथम स्थान हासिल गरेकी छिन । भने इरशाद हल्वाई द्वितीय, करुणा हरिजन तृतीय भएकी छिन । सरस्वती कुम्हार सान्तावना उपहार हात पारेकी छिन । प्रतियोगितामा २ जना छात्र र ४ जना छात्रा गरि ६ जना विद्यार्थी सहभागी भएका थिए । प्रतियोगितामा विद्यालयका शिक्षक मनिषा भण्डारी, मीरा सुवेदी र नाजिया खानले निर्णायक मण्डलको पृष्ठभुमिका निभाएको थिइन् ।
विद्यालयका प्रधानाध्यापक राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका शिक्षक मीरा सुबेदीले व्यक्त गरेकी थिइन । भने कार्यक्रम सञ्चालन बी- ग्रुपका युवा परिचालन अधिकृत राजन वर्माले गरेका थिए । कार्यक्रममा बी- ग्रुपका जिल्ला प्रबन्धक केशव राना, जि.सी. अधिकृत रेहा थापा, विद्यालयका शिक्षक, कर्मचारी एवं विद्यार्थीहरुको उपस्थित रहेको थियोे ।
पुरुष तथा महिलाबीच हुने असमानताको खाडल पुरेर महिलाको जीवनस्तर उकास्ने लक्ष्यका साथ हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभरी महिला हिंसा विरुद्धको अभियान मनाईँदै आएका छन ।
