Close sidebar

१६ दिने अभियान: विश्व एड्स दिवसको पूर्वसन्ध्यामा बीपी चोकमा दिप प्रज्वलन

२०८० मंसिर १४ गते, बिहीबार २१:२२

नेपालगञ्ज / बिश्व एड्स दिवसको पूर्वसन्ध्या तथा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा आज नेपालगञ्जमा दिप प्रज्वलन गरिएको छ । २५ नोभेम्बरदेखि शुरु भएको १६ दिने अभियान तथा शुक्रबार मनाइने बिश्व एड्स दिवसको अवसरमा माइती नेपालको आयोजनामा बिहीबार साँझ नेपालगञ्जको बीपी चोकमा दिप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख महिला विकास अधिकृत मञ्जु पाण्डेय, महिला बालबालिका तथा जेष्ठ नागरिक सेलकी प्रमुख प्रहरी निरीक्षक महेश्वरी बिष्ट, नेपालगञ्जकी निवर्तमान उपमेयर उमा थापा, साथी संस्थाकी केन्द्रीय सदस्य सरस्वती शर्मा, ए एच एफ नेपालका कार्यक्रम संयोजक सञ्जय पौडेल, शक्ति समूहकी कार्यक्रम संयोजक निर्मला पौडेल, साना हात नेपालकी कार्यक्रम संयोजक अम्बिका थापा, महिला अधिकारकर्मी साहिदा शाह वाहिदी, आइ एन एफ संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाका अनुसार १६ दिने अभियान र विश्व एडस दिवसको अवसरमा देशैभरका शाखामार्फत विविध कार्यक्रमहरु हुने गरेको छ । हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म लेंगिक हिंसा बिरुद्ध १६ दिने अभियान तथा डिसेम्बर १ मा मनाइने विश्व एड्स दिवस मनाइने गरिन्छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया