
नेपालगञ्ज / ट्यांकरको ठक्करबाट नेपालगञ्जमा आज एकजना युवतीको मृत्यु भएको छ । आइतबार साँझ धम्बोझी चोक नजिकै जेब्राक्रसिङ्गमा ना ३ ख ८८५२ नम्बर ट्यांकरले भे ११ प ७६५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा नेपालगञ्ज वडा नं. १७ थुकैलागाउँ निवासी दिलिप पाठककी १७ बर्षीया छोरी सलोनी पाठकको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीका अनुसार बुवाले चलाएको मोटरसाइकलमा पछाडि बसेकी पाठकको घटनास्थलमै मृत्यु भएको थियोे । घाइते मोटरसाइकल चालकको नेपालगन्ज मेडिकल कालेजमा उपचार भैइरहेको डिएसपी डाँगी बताए ।
