Close sidebar

नेपालमा आजबाट नै टिकटक बन्द गर्ने सरकारको निर्णय

२०८० कार्तिक २७ गते, सोमबार १४:३२

काठमाडौं / नेपालमा आजबाट नै टिकटक बन्द हुने बताइएको छ । ‘सर्ट–फर्म भिडियो’ होस्टिङ सञ्जाल ‘टिकटक’ आजबाट नै बन्द गराउने सरकारले निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तत्काल टिकटकलाई बन्द गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी गराउनुभयो ।

‘सामाजिक सञ्जाल टिकटकबाट सामाजिक सद्भाव विथोलिने गरेको र हाम्रो पारिवारिक संरचना, हाम्रो सामाजिक सम्बन्धलाई खलबल्याउने गरी लगातार प्रचारप्रसार भइरहेका छन् । यस सन्दर्भमा अहिले तत्काललाई टिकटक बन्द गर्ने भन्ने निर्णय गरिएको छ,’ सरकारका प्रवक्ता शर्माले भन्नुभयो ।

उहाँका अनुसार सञ्चार मन्त्रालयलाई यसका लागि निर्देशन दिइएको छ । उहाँले बन्द गराउनका लागि प्राविधिक काम भइरहेकाले आज सोमबारबाट नै बन्द हुन सक्ने पनि बताउनुभयो । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णयको अहिले सर्वत्र विरोध भइरहेको छ । (अलबिदा टिकटक) ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया