Close sidebar

चाडपर्वलाई ध्यानमा राखेर जानकीमा सद्भाव बैठक

२०८० कार्तिक ३ गते, शुक्रबार ०३:३२

सकिल अहमद राई✍️
नेपालगन्ज / बाँकेको जानकी गाउँपालिका वडा नं. १ स्थित साईगाउँ प्रहरी चौकीमा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न बिहिवार बसेको बैठक सम्पन्न भएको छ । बडा दशैं तथा शुभ दिपावली पर्वलाई ध्यानमा राखेर चौकी इन्चार्ज सन्तोष बुढाथोकीको अगुवाईमा बसेको बैठक सम्पन्न भएको हो ।

बैठकले जानकी वडा नं. १ का बासीले निश्चिन्त र ढुक्क भएर चाडपर्वहरु भव्यताका साथ मनाउँन सामुहिक अपील गरिएको प्रहरी चौकी इन्चार्ज बुढाथोकीले जानकारी दिए । साथै बैठकले हिन्दु समुदायको वडा दशैं, शुभ दिपावली तथा छठ जस्ता महान पर्वको सम्पूर्ण नेपालीहरुलाई शुभकामना समेत प्रकट गरेको छ ।

बैठकले जारी गरिएको अपीलमा जानकी वडा नं. १ तथा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १७ बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त जिल्ला मात्र नभई परम्परादेखि नै बीचका एकता, सद्भाव, एक्यवद्धता, सहिष्णुता, सांस्कृतिक प्रवर्धन जस्ता विशिष्ट गुणहरुले ओतप्रोत भएको, आपसी विश्वास, भाइचारा र सद्भावले एकताबद्ध रहेको जगजाहेर नै छ’ भनिएको छ ।

जानकी वडा नं. १ का अध्यक्ष मो. रजा राई, नेपालगन्ज वडा नं. १७ का वडा अध्यक्ष लक्ष्मण प्रसाद वर्मा, जैसपुर बिओपीका इन्सपेक्टर रामखत्री, वडा सदस्यहरु, समाजसेवी, बिभिन्न राजनीतिक दलका नेता लगायतको उपस्थिति रहेको चौकी इन्चार्ज बुढाथोकीले जानकारी दिनुभयो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया