Close sidebar

नेपालगञ्जमा भोलीदेखि रामलीला

२०८० आश्विन २७ गते, शनिबार ११:२२

नेपालगञ्ज / डेढसय वर्षदेखि नेपालगन्जमा सञ्चालन हुँदै आएको रामलीला यसपाली भोलीदेखि शुरु हुने भएको छ । प्रत्येक वर्ष दशैंका अवसरमा नेपालगञ्ज – १३ स्थित रामलीला मैदानमा रामलीला मञ्चन हुँदै आएको छ ।

रामलीलाको एक सय ५६ औँ संस्करणका लागि आवश्यक तयारी पुरा भइसकेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कानोडियाले जानकारी दिनुभयो । एक सय ५३ र एक सय ५४ औँ संस्करण कोरोना महामारीका कारण स्वरुप परिवर्तन गरिएको थियो ।

सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दशैंको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ७ बजेदेखि १२ बजेसम्म रामलीला मञ्चन गरिन्छ । भारत वृन्दावन धामका श्री जगदिश प्रसाद शर्मा नेतृत्वको संगीतमय कलाकार टोली नेपालगञ्ज पुगीसकेको सञ्चालक समितिले जनाएको छ ।

अध्यक्ष कानोडियाका अनुसार, आइतबार दिउँसो २ बजेदेखि रामलीला मैदानबाट शोभा यात्रा सञ्चालन गरिने छ भने साँझ ८ बजे नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले रामलीला महोत्सवको समुदघाटन गर्नु हुने छ । रामलीलामा धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक आदि मञ्चन हुने गर्दछ ।

नेपालगञ्जको ऐतिहासिक र धार्मिक परम्पराका रुपमा स्थापित रामलीलालाई जोगाई राख्न सहयोग सङ्कलन गरेर पनि रामलीला महोत्सव गर्दै आएको प्रचारमन्त्री आदित्य गुप्ताले जानकारी दिनुभयो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया