
नेपालगन्ज / गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न जिल्लाका सिडिओको सरुवा एवं पदस्थापन गरेको हो ।
जसमा बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) एवं सहसचिव विपीन आचार्यलाई गृह मन्त्रालय तानिएको छ । इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई बाँकेको प्रमुख जिल्ला अधिकारी (सिडिओ)काे जिम्मेवारी दिइएको छ ।
दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालाई सर्लाहीको प्रमुख जिल्ला अधिकारी, सर्लाहीको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई इलामको प्रमुख जिल्ला अधिकारी सिडिओको जिम्मेवारी दिइएको छ ।
गृह मन्त्रालयमा कार्यरत सहसचिव टुवराज पोखरेललाई पदस्थापन गरि दोलखाको प्रमुख जिल्ला अधिकारी सिडिओको जिम्मेवारी दिइएको छ । बाँकेमा यही असोज १६ गते हिन्दु र मुस्लिम समुदायबीच दंगा भड्किएपछि प्रहरी प्रशासनको ठुलो कमी कमजोरी रहेको गम्भीर प्रश्न उठेको थियोे ।
