नेपालगन्ज / नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जमा दिप प्रज्वलन कार्यक्रम गरेको छ । प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायल माथि गरेको आक्रमणमा परी ज्यान गुमाउने नेपाली विद्यार्थीहरुको सम्झनामा बुधबार राती श्रद्धाञ्जली स्वरुप धम्बोझी स्थित विरेन्द्र चोकमा दिप प्रज्वलन कार्यक्रम गरिएको हो ।





