Close sidebar

श्रीलंकामाथि पाकिस्तानको ६ विकेटको सनसनीपूर्ण जित

२०८० आश्विन २४ गते, बुधबार ०१:२१

काठमाडौँ / भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले सनसनीपूर्ण जित हासिल गरेको छ । मंगलबार हैदराबादमा भएको खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले पराजित गरि जित हासिल गरेको हो । ३४५ रनको कठिन चुनौती पाकिस्तानले १० बल अगावै ४ विकेटको क्षतिमा पूरा गर्यो ।

पाकिस्तानका लागि विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले १२१ बलमा अविजित रहँदै ८ चौका र ३ छक्काको मद्दतले सर्वाधिक १३१ रन तथा अब्दुल्लाह शफिकले १०३ बलमा १० चौका र ३ छक्काको मद्दतले ११३ रनको सतकीय पारी खेले भने साउद शकीलले ३० बलमा २ चौकाको मद्दतले ३१ रन बनाएका थिए ।

श्रीलंकाका तर्फबाट दिलशान मदुशंकाले ९.२ ओभर ६० रन दिएर २ विकेट तथा मथीशा पाथिरानाले ९ ओभरमा ९० रन दिएर १ विकेट लिए । यसअघि श्रीलंकाले ९ विकेटको क्षतिमा ३४४ रन बनाएको थियो । कुसल मेन्डिसले ७७ बलमा १४ चौका र ६ छक्काको मद्दतले १२२ रन तथा सदीरा समराविकरामले ८९ बलमा ११ चौका र २ छक्काको मद्दतले १०८ रनको सतकीय पारी खेलेका थिए । पथुम निसानकाले ६१ बलमा ७ चौका र १ छक्काको मद्दतले ५१ रनको अर्धसतकिय पारी खेले ।

पाकिस्तानको तर्फबाट सर्वाधिक हसन अलीले १० ओभरमा ७१ रन दिएर ४ विकेट तथा हारिस राउफले १० ओभरमा ६४ रन दिएर २ विकेट लिए । यो जितसँगै पाकिस्तानको सेमिफाइनल यात्रा बलियो बन्दै गएको छ, भने श्रीलंकाको सेमिफाइनल यात्रा कमजोर बन्दै गएको छ । पाकिस्तानले लगातार दुई खेल जितेको छ । जबकि श्रीलंकाले लगातार दोस्रो खेल हारेको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया