Close sidebar

बाँकेका ६० जना पत्रकार मध्ये धेरैको आँखामा सुख्खापनको समस्या

२०८० भाद्र २९ गते, शुक्रबार ००:१४

नेपालगन्ज / बाँके जिल्लाका ६० जना पत्रकारहरुको आज निःशुल्क आँखा जाँच गरिएको छ । जसमध्ये सबैभन्दा धेरैमा सुख्खापनको समस्या देखा परेको हो । १५ औं स्थापना दिवसको अवसरमा अवधी पत्रकार संघ नेपाल केन्द्रिय समिति नेपालगन्जले बिहिवार नेपाल नेत्रज्योति संघ फत्तेबाल आँखा अस्पताल नेपालगन्जको सहयोगमा पत्रकारहरुको निःशुल्क आँखा जाँच गरेको थियो ।

फत्तेबाल आँखा अस्पतालका स्वास्थ्यकर्मी फलक सादिकका अनुसार २४ जना पत्रकारमा सुख्खापन, केही वयस्कहरुलाई टाढाको दृष्टि र ४० वर्ष नाधेकाहरुलाई नजिकको नदेख्ने र एक जना पत्रकारलाई मोतिविन्दुको समस्या देखा परेको बताउनुभयो । पत्रकारले समाचार संकलन, लेखन र सम्पादनका क्रममा कम्प्युटर, ल्यापटप र स्मार्ट फोनमा बढी काम गर्नुपर्ने भएकाले आँखामा समस्या देखा परेको हो । पत्रकारलाई कम्प्युटर र मोबाइल चलाउने बेला स्वास्थ्यकर्मीले ब्लुकट भएको चस्मा लगाउन सिफारिस गरेका छन् ।

निःशुल्क आँखा जाँच र औषधी वितरण र चश्मामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो । एक जना पत्रकारमा देखिएको मोतिविन्दुको अस्पतालले निःशुल्क शल्यक्रिया गर्ने अस्पतालका प्रबन्ध निर्देशक डा. कौशल कुमार बर्माले बताउनुभयो । उहाँका अनुसार पत्रकारको बुवा, आमा र श्रीमतीलाई आँखाको मोतिविन्दु देखिएमा उहाँहरुको शल्यक्रियामा ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ । प्रबन्ध निर्देशक बर्माले अहिले आँखा पाक्ने रोगको संक्रमण समेत रहेको र पत्रकारहरु बढी जोखिममा पर्ने भएकाले पत्रकारहरुको आँखा जाँच कार्यक्रमका लागि सहयोग गरिएको बताउनुभयो ।

आँखा जाँच कार्यक्रमको शुभारम्भ नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईले संघले पत्रकारहरुका लागि गरिएको सामाजिक तथा मानविय सेवा अन्र्तगतको कार्यक्रमले पत्रकारहरु बढी लाभ लिएको बताउनुभयो । उहाँले मानिसको सबैभन्दा बढी सम्बेदनशिल आँखा भएकाले आँखाको परिक्षणमा बिशेष ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो । शुभारम्भ कार्यक्रममा पत्रकार महासंघ लुम्विनी प्रदेश सचिव जयसिंह केसी, सदस्य मो. आरिफ अन्सारी, प्रेस युनियन बाँके अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी नेपाल बाँके अध्यक्ष दुर्गा रोकाय, अवधी पत्रकार संघका संस्थापक अध्यक्ष सुर्यलाल यादव लगायत पत्रकारको उपस्थिती रहेको थियो ।

अवधी भाषी पत्रकारहरुको छाता संगठनको रुपमा रहेकोे अवधी पत्रकार संघ नेपाल स्थापना भएको १५ वर्ष पुरा भएको छ । विगत १५ वर्षदेखि क्रियाशिल रही अवधी भाषी पत्रकारहरुको हकहित, क्षमता अभिबृद्धि लगायतका विषयमा निरन्तर पेशागत रुपमा काम गर्दै आएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया