Close sidebar

प्रेस युनियन बाँकेले तीज सम्बन्धी खोजमुलुक स्टोरी लेखन प्रतियोगिता गर्ने

२०८० भाद्र १८ गते, सोमबार २०:२०

नेपालगन्ज / नेपाल प्रेस युनियन बाँके शाखाले हिन्दु महिलाहरुको पर्व हरितालिकाको अवसरमा तीज विशेष खोजमुलक स्टोरी लेखन प्रतियोगिता गर्ने भएको छ ।

प्रेस युनियन बाँके शाखाको बैठकले बाँकेमा क्रियाशिल महिला पत्रकारहरुलाई लक्षित गरेर तीज सम्बन्धी खोजमुलुक स्टोरी लेखन प्रतियोगिता गर्ने निर्णय गरेको सचिव भिष्म लोधले बताउनुभयो । स्टोरी लेखन प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने महिला पत्रकारलाई नगदसहित पुरस्कृत गर्ने शाखाले निर्णय गरेको छ ।

तीज पर्वको अवसरलाई युनियन बाँकेले रचनात्मक काम गर्ने उद्देश्यले तीज विशेष खोजमुलक स्टोरी लेखन प्रतियोगिता गर्न लागेको हो । युनियन बाँके शाखाले प्रतियोगितामा सहभागिताको लागि बाँकेमा क्रियाशिल सम्पुर्ण महिला पत्रकारलाई सार्वजनिक रुपमा आह्वान समेत गरेको छ ।

यसैगरी नेपाल प्रेस युनियन बाँकेका संस्थापक स्वर्गीय पन्नालाल गुप्त ‘चाचा’को ९५औं जन्मजयन्तीको अवसरमा शाखाले विविध कार्यक्रम गर्ने निर्णय गरेको छ । युनियन बाँकेले संस्थापक अध्यक्ष गुप्तको जन्मजयन्तीको अवसरमा आगामी यही भाद्र २६ गते पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना गर्ने भएको हो ।

बाँकेको पत्रकारितामा महत्वपुर्ण योगदान दिनुभएका संस्थापक अध्यक्ष गुप्तको जीवनी विशेष बिचार गोष्ठी समेत गर्ने निर्णय गरिएको सचिव लोधले जानकारी दिनुभयो । गोष्ठीमा गुप्तले मोफसलको पत्रकारिता क्षेत्रको विकासमा पु¥याएको योगदान र पत्रकारिताको बारेमा चर्चा गरिनेछ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया