Close sidebar

यात्रु बस नदीमा खस्दा ८ जनाको मृत्यु, आठ घाइते, उद्धार कार्य जारी

२०८० भाद्र ६ गते, बुधबार १३:१०

नेपालगन्ज / काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रु बस धादिङको गजुरी गाउँपालिका – २ चालिसेस्थित छहराबाट त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ । भने आठ जना घाइते भएका छन । आज बिहान करीब सवा ११ बजेतिर प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको यात्रु बस अनियन्त्रित भइ सडकबाट करिब ४० मिटर तल त्रिशुली नदीमा खसेको थियो ।

दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवं (डिएसपी) सन्तु जयसवालले जानकारी दिए । घटनास्थलबाट १६ जनाको उद्धार गरिएको थियो, तिनीहरुमध्ये ८ जनाको डेथ भएको छ र ८ जना घाइते रहेकोे डिएसपी जयसवालले बताए ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन । उद्धार कार्य जारी छ । बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया