काठमाडौं / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भने खाना पकाउने ग्यासको मूल्य घटाएको छ । आज (मंगलबार) राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर ९ रूपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ७/७ रूपैयाँ बढाएको छ । जबकि ग्यास प्रतिसिलिन्डर १३० रुपैयाँ घटाएको छ ।
निगमका अनुसार अब एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ६६० रुपैयाँ पर्नेछ । भारतबाट मूल्य बढेर आएका कारण पेट्रोलियम पदार्थको मूल्य बढाइएको आयल निगमले जनाएको हो ।
अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा १७० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा रु. १७२ र तेस्रो वर्ग अर्थात् काठमाडौँ उपत्यकामा रु. १७३ पर्नेछ । यसैगरी डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा रु. १५०, दोस्रोमा रु. १५२ र तेस्रो वर्गमा रु. १५३ कायम भएको बिज्ञप्तिमा उल्लेख छ ।
