Close sidebar

एसईई उत्तीर्ण विद्यार्थीलाई श्री मावी जोगागाउँले गर्यो सम्मान

२०८० असार ३१ गते, आईतवार १९:०७

मो. ताहिर शेष राई (साहिल)

नेपालगन्ज / बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ मा रहेको श्री माध्यमिक विद्यालय जोगागाउँले माध्यामिक शिक्षा परीक्षा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई आज एक कार्यक्रममा सम्मान गरिएको छ । यस वर्ष विद्यालयबाट एसईई उत्तीर्ण १३ जना विद्यार्थीहरुलाई उच्च शिक्षा सम्बन्धी परामर्शका लागि आइतबार विद्यालयको सभाहलमा आयोजना गरिएको कार्यक्रममा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई खादा, टीका अबिर लगाएर बधाई तथा सम्मान गरिएको हो ।

यस विद्यालयका तर्फबाट (एसईई)मा देवी दयाल मिश्राले २ दशमलव ९५ जिपिए ल्याएर उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन । भने संदीप वर्मा २ दशमलव ५५ जिपिए, रोशन मौर्य २ दशमलव ५० जिपिए र सीता काँदुले २ दशमलव ४० जिपिए ल्याएका छन । त्यसतै अन्य विद्यार्थीहरुले २ दशमलव ३५ जिपिए देखि १ दशमलव ९० जिपिए ल्याएर सफलता प्राप्त गरेको विद्यालय प्रशासनले जनाएको छ ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक मोहम्मद आलमीन राईले शिक्षक तथा विद्यार्थीहरुको अथाह मेहेनतले आज यस्तो जिपिए ल्याउन सफल भएकोमा शिक्षक एवं विद्यार्थीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । यस्तै कार्यक्रममा बोल्ने अधिकांश अभिभावकले आफ्नो बालबालिकाको दोस्रो घर नै विद्यालय भएकाले आजसम्म बालबालिकाको शिक्षामा शिक्षकहरुले दिनुभएको योगदानको कदर गर्दै बालबालिकाको भविष्य निर्धारणमा विद्यालयको महत्वपूर्ण भूमिका रहेको र त्यो भूमिका श्री मा.वि.ले सही ढंगबाट निभाएको जिकिर गरे ।

कार्यक्रममा विद्यार्थीहरुले खुशी हुँदै विद्यालय अवधिभर भोगेका कुरालाई स्मरण गर्दै उनीहरुले एसईईमा उत्कृष्ट हुन विद्यालय र शिक्षकहरुको अतुलनीय सहयोग रहेको भन्दै धन्यवाद समेत व्यक्त गरेका थिए । कार्यक्रममा एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुलाई उच्च शिक्षा सम्बन्धी परामर्श विद्यालयका कम्प्युटर शिक्षक शकील अहमद राईले प्रोजेक्टर मार्फत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रज्जब अली हलवाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण विद्यालयका प्रोग्राम कोओडिनेटर मोतीराम पोख्रेलले गर्नुभएको थियो । भने कार्यक्रममा एसईई उत्तीर्ण विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक, शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।

 

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया