Close sidebar

बकराईद आज धुमधामका साथ मनाईदैँ, मुलुकमा सुख, शान्तिका लागि प्रार्थना

२०८० असार १४ गते, बिहीबार १४:५१

मो. ताहिर शेष राई✍️
नेपालगन्ज / इस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व ईद उल अजहा (बकराईद) आज देशभर धुमधामका साथ मनाईदैँ छ । बिहिवार नेपालगन्जको विपी चोकस्थित ईदगाहमा बिहान साढे सात बजे र एक्लैनी वडा नं. ३ स्थित फुल्वारी मस्जिद (मर्कज) मा बिहान ७ बजे सामुहिक रुपमा ईद उल अजहा ‘बकराईद’ को नमाज पढि एक अर्कालाई अंकमाल गरी बकराईद पर्व मनाईदैँ छन ।

ईद उल अजहा (बकराईद)को सामुहिक नमाजमा मुलुकमा सुख, शान्तिको लागि प्रार्थना समेत गरिएको थियो । सामुहिक नमाजमा पुर्व मन्त्री मोहम्मद ईस्तियाक राई र नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई सहभागी हुनुहुन्थ्यो । ईद उल अजहा (बकराईद) पर्व अरेबिक पात्रो अनुसार अन्तिम महिना जिल्हिजको दशौं दिन मनाईने धार्मिक मान्यता रहेको छ ।

इस्लाम धर्मका प्रवक्ता हजरत मोहम्मद सल्लललाहु अलैहे वसल्लमका पुर्खा हजरत इब्राहिम अ. सलामको बलिदानको सम्झनामा ईद उल अजहा (बकराईद) पर्व मनाइने धार्मिक अगुवाहरु बताउँछन् । निरन्तर तीन दिनसम्म मनाईने बकराईद पर्वलाई विशेष गरी मासुको परिकार खाने पर्वको रुपमा पनि चिनिन्छ ।

ईद उल अजहा (बकराईद) पर्वको शुभकामना साटासाट गर्न विपी चोकस्थित इदगाह अगाडि नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, स्थानीय तहका जनप्रतिनिधी, विभिन्न राजनीतिक दलका प्रतिनिधी, नागरिक समाजका अगुवा, सञ्चारकर्मी लगायतको ठुलो संख्यामा ब्यक्तिहरुको उपस्थिती रहेको थियो । यसौबिच सरकारले आज ईद उल अजहा (बकराईद) पर्वको अवसरमा सार्वजनिक बिदा समेत दिएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया