
नेपालगन्ज / उच्च अदालत बार एशोसियशन नेपालगन्जको अध्यक्षमा अधिवक्ता चित्रबहादुर शाही निर्वाचित भएका छन । बार एशोसियशनको आगामी दुई वर्षे नयाँ नेतृत्व चयनका लागि शनिबार नेपालगन्जमा सम्पन्न भएको निर्वाचनमा शाही नेतृत्वको पुरै प्यानल निर्वाचित भएको हो ।
निर्वाचनमा ‘बृहत लोकतान्त्रिक, प्रगतिशिल, समावेशी, पेशागत कानून ब्यवसायी समुह’को तर्फबाट अध्यक्ष पदका उम्मेदवार रहेका शाहीले १ सय ४५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी ‘स्वतन्त्र, समावेशी, प्रगतिशिल, अग्रगमणकारी देशभक्त लोकतान्त्रिक कानून ब्यवसायी’ समुहका उम्मेदवार अधिवक्ता चित्रबहादुर केसीले २८ मत प्राप्त गरे । यस्तै अध्यक्ष पदका अर्का उम्मेदवार भुवन कृष्ण श्रेष्ठले ४ मत ल्याएको प्रमुख निर्वाचन अधिकृत गणेश कुमार रेग्मीले जानकारी दिए ।
‘बृहत लोकतान्त्रिक, प्रगतिशिल, समावेशी, पेशागत कानून ब्यवसायीको समुह’बाट उपाध्यक्षमा तिर्थराज ज्ञवालीले १ सय ५१ मत र सचिवमा गणेश प्रसाद शर्माले १ सय ४५ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी ‘स्वतन्त्र, समावेशी, प्रगतिशिल, अग्रगमणकारी देशभक्त लोकतान्त्रिक कानून ब्यवसायी’ समुहका तर्फबाट उपाध्यक्ष पदका उम्मेदवार अधिवक्ता ओम प्रसाद मानन्धरले २५ मत र सचिव कुम्भराज मिश्रले ३१ मत प्राप्त गरे ।
त्यस्तै सदस्यहरुमा ‘बृहत लोकतान्त्रिक, प्रगतिशिल, समावेशी, पेशागत कानून ब्यवसायीको समुह’का रिजवान अहमद मिर्जाले १ सय ५९ मत, सतिश चन्द्र थारुले १ सय ४६ मत, हिरा बहादुर श्रेष्ठले १ सय ४७ मत, पूर्ण प्रसाद ढकालले १ सय ५१ मत, हरिश चन्द्र सिजापतिले १ सय ५३ मत, बीरेन्द्र कुमार बस्नेतले १ सय ५४ मत, जयराम जैसीले १ सय ४९ मत र जयराम थारुले १ सय ५७ मत ल्याएर निर्वाचित भएको रेग्मीले बताए । सो समुहबाट कोषाध्यक्ष पदको उम्मेदवार रहेका हरि सुवेदी र शान्ता पोख्रेल सदस्य (महिला) भने यसअघि नै निर्विरोध निर्वाचित भईसकेका छन् ।
बृहत लोकतान्त्रिक, प्रगतिशिल, समावेशी, पेशागत कानून ब्यवसायी समुहमा नेपाली काँग्रेस निकट डिएलए, एमाले निकट ‘पिपिएलए’ माओवादी केन्द्र सम्वद्ध ‘आरपिएलए’ लगायत संगठनहरु आवद्ध थिए । ‘स्वतन्त्र, समावेशी, प्रगतिशिल, अग्रगमणकारी देशभक्त लोकतान्त्रिक कानून ब्यवसायी’ समुहमा जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायत अन्य पार्टी निकट एवम स्वतन्त्र कानुन ब्यवसायी आवद्ध रहेका थिए ।
