
काठमाडौं / नक्कली भुटानी शरणार्थी मुद्दामा पक्राउ परेका पुर्बगृहमन्त्री बालकृष्ण खाणकी पत्नी मन्जु खाणले नेपाली काँग्रेसका सभापति तथा पुर्बप्रधानमन्त्री शेरबहादुर देउवा निवासमै पुगेर तहल्का मच्चाएकी छिन । मङ्गलबार एका-बिहानै देउवाको अस्थायी निवास धुम्बाराही पुगेर देउवाप्रति आक्रोशित हुँदै तहल्का मच्चाएकी हुन ।
खाणकी पत्नी मन्जुले देउवालाई भनेकी थिइन्, ‘खाने बेलामा तिमीहरू सबै मिलेर खाने, अहिले दुःख पाउने बेलामा मेरो श्रीमानले मात्रै पाउनुपर्ने प्रश्न गर्दै उनले देउवालाई चुनौती दिँदै भनिन्- ‘मेरो श्रीमान् (बालकृष्ण खाण) लाई निर्दोष प्रमाणित गरेर बाहिर निकालेनौ भने मैले पनि के-के गर्छु त्यसबेला थाहा हुनेछ ।’
निकै चर्को स्वरमा उफ्रिउफ्री गरेकी उनको चण्डी अवतार देखेर त्यहाँ उपस्थित सबै चुपचाप भएका थिए । नक्कली शरणार्थी मुद्दामा हालसम्म पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व सांसद डा. इन्द्रजित राई, नेपाल हज समितिका अध्यक्ष शम्सेर मियाँ, आङ्तेवा शेर्पालगायत १६ जना पक्राउ परेका छन ।
अन्य १६ जना अझै फरार सूचीमा छन् । उनीहरूले ५ देखि ४५ लाख रुपैयाँसम्म असुलेर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने तयारी गरेको आरोप छ ।
(मेनुका शाहीको फेसबुक पोस्टको सहयोगमा उनी समाजवादी ट्रेड युनियन महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष एवं कर्णाली प्रदेश इन्चार्ज हुन) ।
