भारत / बुद्ध पूर्णिमाका दिन पूरै भारतमा चन्द्रग्रहण देख्न लागेको छ । शुक्रबार राति चन्द्रग्रहण देखिने छ । आकाश सफा भएमा आजको चन्द्रग्रहण भारतका विभिन्न शहरबाट देख्न सकिनेछ । भारतीय समय अनुसार शुक्रवार राति ८:४४ बजे चन्द्रग्रहण सुरु हुनेछ भने राति १:०१ बजे समाप्त हुनेछ ।
शुक्रबार राति १०.५२ बजे चन्द्रग्रहण सबैभन्दा राम्रो देखिनेछ । कोलकातामा बेलुका ८:४४ मा ग्रहण देखिनेछ । चन्द्रग्रहण दिल्ली, मुम्बई, बैंगलोर, चेन्नई, हैदराबाद, भोपाल, चंडीगढ, पटनामा पनि देखिनेछ । चन्द्रग्रहण भारतबाहेक एसिया, अष्ट्रेलिया, मध्य तथा पूर्वी अफ्रिका, अन्टार्कटिका र युरोपका केही भागमा पनि देखिनेछ ।
– डा. जैनुल अबेदिन
