Close sidebar

देशमा राजनीतिक परिवर्तन भयो तर आर्थिक परिवर्तन नभएको आरोप

२०७९ माघ १५ गते, आईतवार ००:१७

सानू नवाब

नेपालगन्ज / अखिल नेपाल ट्रेड युनियन महासंघ जानकी गाउँपालिकाको दोस्रो सम्मेलन आज समपन्न भएको छ । संसारका मजदुरहरु एक होऔं भन्ने मूलनाराका साथ पालिका स्तरीय दोस्रो सम्मेलन शनिबार बाँकेस्थित खजुराखुर्दमा सम्पन्न भएको हो ।

सम्मेलनमा श्रामिक मजदुरहरुको हकहितका लागि महासंघले कडा कदम चाल्न आवश्यक रहेको अखिल नेपाल ट्रेड युनियन महासंघ बाँकेका उपाध्यक्ष राजेन्द्र सिंहले बताए । उनले कुनैपनि पिडित श्रमिकलाई समस्या परेमा युनियन समक्ष गुनासा राख्न आग्रह समेत गरे ।

अखिल नेपाल ट्रेड युनियन महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष एवं प्रमुख अतिथी समेत रहेका दान बहादुर ओलीले बढीजसो भुमिहिन श्रमिकहरुको आवास छैन र कसैको जग्गा छ तर लालपुर्जा नपाएको जिकिर गरे । देशमा राजनीतिक परिवर्तन भयो तर आर्थिक परिवर्तन नभएको उहाँको आरोप छ । श्रमिक मजदुरहरुका विषयमा भन्नुपर्दा सरकारले हक अधिकारबाट बन्चित गराएको बताउनुभयो । उहाँले अझैसम्म कतिपयले रोजगारबाट पनि बन्चित रहेको पनि जानकारी दिए । त्यसैले गरिबीको अन्त नभएको बताए ।

अखिल नेपाल ट्रेड युनियन महासंघ बाँकेका अध्यक्ष वसन्त मल्ल, नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य रक्षाराम वर्मा लगायत वक्ताहरुले बोलेका थिए ।

सम्मेलनमा विभिन्न कलकारखानाका श्रमिक मजदुरहरु गरि करीब ५० जनाको उपस्थिति थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया