Close sidebar

नेपालगन्ज महोत्सवमा आजदेखि कुस्ती प्रतियोगिता शुरु

२०७९ माघ १४ गते, शनिबार २२:०३

नेपालगन्ज / बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा कुस्ती प्रतियोगिता शुरु भएको छ । कारकाँदोस्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवको पाँचौ दिन आजदेखि कुस्ती प्रतियोगिता शुरु भएको हो ।

महोत्सवमा मुख्य आर्कषक रहेको कुस्ती प्रतियोगिताको उद्धघाटन नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु खड्काले रिवन काटेर गरेकी प्रचारप्रसार समितिका संयोजक भागवत प्रसाद कंडेलले जानकारी दिए ।

यस क्षेत्र मै पहिलो पटक कुस्ती प्रतियोगिता संचालनमा आएपछि कुस्ती हेर्नेको भिड नै लागेको थियो । पहिलो पटक प्रत्यक्ष कुस्ती प्रतियोगिता हेर्न पाउँदा दर्शकहरू निकै उत्साहित देखिएका थिए ।

शनिबारदेखि शुरु भएको कुस्ती प्रतियोगितामा नेपालकै उत्कृष्ट इन्टरनेशनल खेलाडी दावा थापा लगायतका खेलाडीको सहभागिता रहने संयोजक कंडेल बताए । उनका अनुसार यो कुस्ती प्रतियोगिता माघ १८ गते सम्म जारी रहनेछ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा माघ २४ गतेसम्म महोत्सव संचालन रहने छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया