Close sidebar

७ औं राष्ट्रिय थारु साहित्य सम्मेलनको तयारी तीब्र

२०७९ माघ १४ गते, शनिबार २०:००

नेपालगन्ज / बाँकेमा हुन लागेको ७ औं राष्ट्रिय थारु साहित्य सम्मेलनको तयारी तीब्र पारिएको छ । यही माघ २० गतेदेखि जिल्लाको राप्ती सोनारी गाउँपालिक वडा नम्बर ६ स्थित सिधनवामा हुन लागेको सम्मेलनको तयारी तीब्र पारिएको हो ।

थारु लेखक संघ नेपाल बाँके र थारु गोचाली समाज नेपाल राप्ती सोनारीले शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन गरि यस्तो जानकारी दिएका हुन । पत्रकार सम्मेलनमा संघका केन्द्रिय सदस्य शेखर दहितले यही माघ २० गतेदेखि २२ गतेसम्म हुन लागेको सम्मेलनमा थारु भाषा, साहित्य, कला, सँस्कृती, परम्परा लगायत विषयमा छलफल र बहस हुने जानकारी दिए ।

‘सम्मेलनमा आएका पाहुनालाई राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्र बर्फानीबाबा आश्रम, सन्तानेश्वर मन्दिर, भुवर भवानी मन्दिर लगायत क्षेत्रको अवलोकन गराउने कार्यक्रम रहेको छ,’ थारु गोचाली समाजका महासचिव कालुराम समर्पणले भने ।

२०७३ सालमा पहिलो राष्ट्रिय थारु साहित्य सम्मेलन दाङमा भएको थियो । दोस्रो सम्मेलन कैलालीको धनगढी, तेस्रो बर्दियाको बढैयातालमा, चौथो रुपन्देहीको मुर्गिया, पाँचौं सुर्खेतको नयाँ गाउँ, छैठौं सम्मेलन कञ्चनपुरमा आयोजना गरिएको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया