Close sidebar

खानेपानी मन्त्री खान शनिबार नेपालगन्ज आउँदै

२०७९ माघ १३ गते, शुक्रबार २३:४६

नेपालगन्ज / जनमत पार्टीका उपाध्यक्ष तथा खानेपानी मन्त्री समेत रहेका अब्दुल खान शनिबार नेपालगन्ज आउने भएका छन । मन्त्रीको जिम्मेवारी पाएलगत्तै पहिलो पटक खान नेपालगन्ज आउन लागेका हुन ।

शनिवार दिउँसो ३ बजे नेपालगन्जस्थित पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट कार्यक्रम तय भएपछि मन्त्री खान नेपालगञ्ज आउन लागेको बताइएको छ । आफ्नो कार्यकर्तासँग प्रत्यक्ष भेटघाट गर्ने योजनासहित कार्यक्रम रहेको पार्टीका जिल्ला सह सचिव रियाज अन्सारीले जानकारी दिनुभयो ।

मन्त्री खानलाई जनमत पार्टीले स्वागत तथा अभिन्नदन गर्ने कार्यक्रम समेत रहेको सह सचिव अन्सारीले जानकारी दिए ।नेपालगन्जपछि मन्त्री खान पहिलो पटक गृह जिल्ला बर्दिया जाने कार्यक्रम समेत रहेको बताइएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया